पोखरेलको संयोजकत्वमा महोत्तरी घटना छानबिन समिति गठन

काठमाडौं, कात्तिक ११ गते । महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठपर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असामान्य स्थिति सिर्जना भएको घटनाको छानबिन समिति गठन भएको जानकारी दिइएको छ ।

सहसचिव पोखरेलको संयोजकत्वमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बल, नेपालका सप्रनाम किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहनुभएको छ ।

छानबिन समितिले निष्पक्ष छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रीस्तरीय निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter