अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था

काठमाडौं, कात्तिक १३ गते । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ ।

आइतबार सूचना निकाल्दै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको हो ।

आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अन्य कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताको हकमा एकाघरको परिवारको सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरेको छ ।

जसका लागि आफूसँग मत सङ्केत गर्ने गोप्य स्थानमा लैजान मतदान अधिकृतसँग अनुमति माग्नु पर्नेछ, सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले अनुमति दिन सक्ने र मतदान अधिकृतले सहयोग गर्न सक्नेछन् ।

मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन हुने समय तोकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter