फूल बेचेर विद्यार्थीले कमाए चार लाख

गोकर्ण पौडेल / तुलसीपुर, कात्तिक १७ गते । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले पुष्प खेतीबाट चार लाख रुपियाँ आम्दानी गरेका छन् । विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने विद्यार्थीले पुष्प खेतीबाट सो आम्दानी गरेका हुन् ।

क्याम्पसको पाँच कठ्ठा जग्गामा गरिएको खेतिबाट विद्यार्थीले चार लाख आम्दानी गरेका हुन् । विद्यार्थी सन्दीप मल्लले बजारको मागअनुसार सयपत्री र मखमलीका पुष्प पुर्‍याउन नसकिएको बताउनुभयो । बजारको माग अत्यधिक भए पनि मागअनुसार बजारमा पुष्प पुगाउन नसकिएको बताउनुभयो l

क्याम्पस प्रमुख वसन्त आचार्यले विद्यार्थीलाई किताबमा मात्रै सीमित नराखी, पढाइमा समेत टेवा पुगोस् भन्ने लक्ष्यले पुष्प व्यवसायमा जोडेको बताउनुभयो । विद्यार्थीले आफै बिरुवा उत्पादन गरेर फूलखेती गरेको शिक्षक घनश्याम केसीले जानकारी दिनुभयो । लक्ष्यअनुरूप नै पुष्प व्यवसायबाट आम्दानी भएको बताउँदै दुई लाख रुपियाँको फूल बिक्रीका लागि तयारी भएको जानकारी दिनुभयो ।

मखमली र सयपत्री फूलको विद्यार्थीले किलोमा ६ सय र प्रतिमाला दुई सय ५० रुपियाँ सम्ममा बिक्री गरेको विद्यार्थी शुभेच्छा पौडेलले जानकारी दिनुभयो । अब कलेजले विद्यार्थीलाई पुष्प खेतीसँगै अन्य कृषिजन्य वस्तुको उत्पादनमा समेत संलग्न गराइने क्याम्पसका प्रमुख वसन्त आचार्यले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter