गौतमबुद्ध विमानस्थलबाट हिमालयको चार्टर्ड उडान सुरु

लक्ष्मण पौडेल / भैरहवा, कात्तिक १७ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले आज बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टर्ड उडान सुरु गरेको हो ।

जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु लिएर मलेसिया गएको छ । उडान समयतालिका १ : ५० बजे रहे पनि पहिलो दिन भएकाले केही ढिलो भएको कम्पनीले जनाएको छ । प्राधिकरणबाट ग्राउन्ड हेन्डलिङको अनुमति पाएको दुई वर्षपछि मात्रै हिमालयन एअरलाइन्सले यो सेवा सुरु गरेको हो ।

कम्पनीले बिहीबारबाट मलेसियातर्फ उडान सुरु गरेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब काठमाडौं–मलेसिया, भैरहवा– मलेसिया उडान सुरु भएको छ ।

कम्पनीले भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय दरभाउमै हवाइ इन्धन उपलव्ध गराइदिन प्राधिकरणसमक्ष आग्रह गरेको छ । श्रेष्ठका अनुसार कम्पनीले एअरबस ३२० को जहाजमार्फत उडान भरेको थियो । हिमालयन एअरलाइन्सयले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको जनाएको छ ।

विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार बिहीबार दिउँसो १२ बजे हिमालयन एअरलाइन्सको चार्टर्ड उडान भैरहवामा अवतरण भएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार कुवेत एयरको उडान योजना पेस भएको छ । हिमालयनको चार्टर्ड उडान तथा काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले यहाँबाट नेपाली उत्पादन विदेश निकासी सुरु गर्ने भएको छ ।

कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।

गत सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर्ड उडान सुरु गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दैआएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ ।

डेढ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको संख्या आधा दर्जनभन्दा बढी पुग्ने क्यानले जनाएको छ । डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाइ दुबई, कतार एयरवेज, एयर अरेबियालगायत वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमालय दुई वटा चार्टर्ड उडान गर्न सहमत भएको छ । यसअघि क्यानले आफ्नो ‘विन्टर सेड्युल’ अन्तर्गत नेपाल वायुसेवा निगमले तोकेको मितिबाट भैरहवाबाट उडान नगरेको भन्दै निगमको आइतबारको उडान रद्द गरेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले हिमालय एयरलायन्सको विमानले बिहीबारदेखि भैरहवाबाट पहिलो चार्टर्ड उडान सुरु गरेको जानकारी दिनुभयो । दाहालका अनुसार अबको एक महिनामा नेपाल वायुसेवा निगमको पनि उडान हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter