उडान घट्दा यात्रुलाई सास्ती

हुम्ला, कात्तिक १९ गते । हुम्लाको सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि यात्रा गर्ने यात्रुलाई टिकट पाउन सास्ती हुने गरेको छ। विमान कम्पनीले उडान घटाउँदा यात्रुलाई समस्या भएको हो।

टिकट नपाएपछि यात्रुले शुक्रबार सिमकोट विमानस्थलबाहिर चर्को नाराबाजीसमेत गरेका छन्।

एक हप्ताअघिदेखि नेपालगञ्जको यात्रा गर्ने तयारी गर्नुभएका यात्रु वीरजङ्ग शाहीले दैनिक एउटा उडान हुने तर नेपालगञ्ज र सुर्खेतका यात्रु धेरै भएपछि टिकटको समस्या हुने गरेको बताउनुभयो।

यतिखेर सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने पाँच सयभन्दा बढी यात्रु रहेको तर दैनिक १५ देखि १७ जनाले मात्र टिकट पाउने गरेको शाहीले बताउनुभयो। समिट एयरले दैनिक एउटा, तारा एयरले हप्ताको एउटा, सीताले उडान आक्कलझुक्कल र नेपाल एयरलाइन्सले हप्ताको दुईवटा मात्र उडान गर्ने गरेका कारण टिकटको अभाव भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले जहाज काठमाडौँ केन्द्रित भएपछि हालसम्म सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा ठूलो समस्याका रूपमा रहेको बताउनुभयो। उहाँले यसअघि दक्षिणी क्षेत्रका गाउँपालिकाका सडक सञ्चालन हुँदा बाजुरा हुँदै जाने गरेको भए पनि अहिले ती सडक अवरुद्ध रहेको बताउनुभयो। सडक अवरुद्ध हुँदा सबै यात्रु हवाई मार्गबाट जाने भएपछि समस्या देखिएको जनाउनुभयो।

कर्णालीका हिमाली जिल्ला उडान भर्ने जहाज काठमाडौँ फर्केपछि दशैँयता उडान कटौती हुन थालेको हो। अरू बेला कर्णालीका हिमाली जिल्लामा उडान गर्ने निजी एयरलाइन्सका जहाज अहिले डलर कमाउने लोभमा पूर्वतिर केन्द्रित हुँदा यो समस्या देखिएको हो।

जहाज फिर्ता ल्याउनका लागि निकै पहल गरेको भए पनि कतै सुनुवाइ नभएको उहाँको भनाइ छ। हवाई यातायातको समस्या कर्णालीका जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिमको बाजुरा जिल्लामा उस्तै रहेको छ। ती जिल्लामा पनि समिट एयरले दैनिक एक/एक उडान भर्दै आएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter