गैरआवासीय नेपालीको हकहितमा सहकार्य गर्न आवश्यक : सङ्घका अध्यक्ष

काठमाडौं, कात्तिक २१ गते । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको संवर्धन गर्नका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ । सङ्घको सचिवालयको हलमा काठमाडौंमा रहनुभएका गैरआवासीय नेपालीहरुसँग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।

यस अवसरमा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमको अध्यक्षता कार्यकारी अध्यक्ष रविना थापाले गर्नुभएको थियो भने अध्यक्ष डा. केसीले चियापान कार्यक्रममा सहभागी हुनुभएका गैरआवासीय नेपाली तथा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

डा. केसीले प्रवासी नेपाली मञ्चलगायत विदेशमा रहेको अन्य सङ्घसङ्गठनले सङ्घको अभियानमा सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको संवर्धन गर्नका लागि सहकार्य गर्न अनुरोध गर्नुभयो ।

उहाँले सङ्घले सुरुको अभियानदेखि उठाउँदै आएको नागरिकता, वैदैशिक रोजगार, मतदानको अधिकार बारे प्रकाश पार्नुभएको थियो । उहाँले गैरआवासीय नेपालीको मुद्दामा सबै राजनीतिक दलका सङ्गठनमा आबद्ध भएर विचार फरक भए पनि सबै जना समान मुद्दामा एकै ठाउँमा आउन अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका नवनिर्वाचित अध्यक्ष सञ्जय थापाले चियापानमा आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै गैरआवासीय नेपाली सङ्घ विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा संस्था भएको बताउनुभयो ।

यसैगरी, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, सङ्घका प्रवक्ता सोम सापकोटा, कार्यकारी अध्यक्ष रविना थापा, सहकोषाध्यक्ष यमुना भट्टराई, अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक पुरुषोत्तम बोहरालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

साथै कार्यक्रममा पूर्व पदाधिकारीहरु, पूर्व सल्लाहकारहरु, पूर्व आइसीसी सदस्यहरुलगायत विभिन्न मुलुकबाट आउनुभएका गैरआवासीय नेपाली प्रतिनिधिहरुको सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter