विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शूल्क नलिन अल्पकालिन अन्तरिम आदेश जारी

काठमाडौं, कात्तिक २२ गते । सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिक अन्तरिम आदेश दिएको छ । मङ्गलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपियाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालिक अन्तरिम आदेश दिएको हो ।

मङ्सिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रसारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछि अभिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

नेपालको कुनै पनि कानुनले त्यसरी दर्शकका लागि अतिरिक्त सुल्क लिन पाउने व्यवस्था नगरेकाले त्यसलाई रोक्नका लागि आफूहरूले सर्वोच्च अदालतमा रिट दिएको र सो निर्णय कार्यान्वयन नगर्न, नगराउन अल्पकालिक अन्तरिम आदेश जारी भएको अभिवक्ता किशोर पौडेलले बताउनु भयो ।

रिटमा मिडिया हब प्रालि, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, टेलिभिजन सिग्नल सेवा प्रदायक संस्थाहरू एनआईटिभी स्ट्रीम्ज प्रालि, भायोनेट कम्युनिकेसन प्रालि, एडप्याड एक्युजिशन प्रालिलाई विपक्ष बनाइएको थियो । यता मिडिया हबले भने सो अनुमति लिनका लागि करिब ४० करोड बराबरको खर्च भएकाले सो सुल्क लगाउने निर्णय गर्नुपरेको बताउँदै आएको छ । सो मुद्दाको फैसलाको टुङ्गो यही कात्तिक २७ गते लाग्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter