निर्वाचनमा दुई लाख ५० हजार कर्मचारी परिचालन हुने

काठमाडौं, कात्तिक २३ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने भएको छ।

निर्वाचन आयोगका उप-सचिव कमल ज्ञवालीका अनुसार सुरक्षा निकायबाहेक निजामतीतर्फका दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन हुने भएका हुन्।

यो जनशक्ति निर्देशिकाले स्वीकृति गरेको हो। यसमा केही सङ्ख्या तलमाथि हुन सक्ने भन्दै उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापन सात किसिमबाट हुन्छ। यो चार चरणमा गरिएको छ।”

जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोग, सात वटा प्रदेश कार्यालय र ७० वटा निर्वाचन कार्यालयमा नौ सय जनशक्ति परिचालन गरिएका छन्। त्यसका लागि काजका कर्मचारी पनि खटिने छन्।

दोस्रोमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने कर्मचारी हुन्छन्। उहाँहरू तालिम लिएका जनशक्ति हुन्। निर्वाचन कार्यालयबाट स्वीकृत कार्यक्रम अन्तर्गत आजसम्मका कार्यक्रम सञ्चालन भइरहेको छ।

निर्वाचन हुन १२ दिन मात्रै बाँकी रहेकाले अबको जनशक्ति व्यवस्थापन मतदान केन्द्रसम्म हुन्छ। ती मतदान केन्द्रसम्म जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धमा जनशक्ति निर्देशिकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिले निजामती, सङ्घीय, प्रदेश वा स्थानीय तहका कर्मचारीलाई प्रयोग गर्न सक्नेछ। उहाँका अनुसार सबै जिल्लामा विवरण पठाइ सकिएको छ। यसरी जिल्लाबाट जनशक्ति व्यवस्थापन समन्वयबाट प्राप्त भएका जनशक्तिको विवरणलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले सबै जिल्लामा भएका मतदान केन्द्रको केन्द्रगत आधारमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई नियुक्त गर्नेछ।

अधिकांश जिल्लामा नियुक्ति गर्ने प्रक्रिया सकिएको उहाँले बताउनुभयो। अब ती जनशक्तिलाई तालिम दिएर सम्बन्धित मतदानस्थलमा पठाउने प्रक्रिया सुरु भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “अब निर्वाचन १२ दिन मात्र बाँकी रहेकाले कतिपय निर्वाचन क्षेत्रबाट निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म जानुपर्ने र विकट जिल्लामा पुग्न सात दिनसम्म हिँड्नुपर्ने भएकाले स्वीकृत कार्यविधिले मतदान केन्द्रमा तीन दिन अगाडि पुग्नुपर्ने भनेको छ।”

अबको दुई दिनपछि दुर्गम जिल्लाका कर्मचारी मतदान केन्द्रमा हिँड्नुपर्ने हुन्छ। उहाँहरू जाँदा निर्वाचन सामाग्री मतपत्र तथा मत पेटिकासँगै लिएर जानुपर्ने हुन्छ। उहाँहरू सुरक्षा संयन्त्रसहित जाने उहाँले बताउनुभयो।

जनशक्ति परिचालन

मङ्सिर ४ गते साँझ ५ बजे निर्वाचनको कार्य सम्पन्न हुन्छ। सम्पन्न भइसकेपछि ती मत पेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउनुपर्ने हुन्छ। त्यहाँ ल्याइसकेपछि चौथो चरणको जनशक्ति परिचालन हुन्छन्। त्यसका लागि सार्वजनिक निकायमा काम गर्ने सरकारी जिम्मेवार कर्मचारीलाई खटाइएको हुन्छ।

समानुपातिक निर्वाचन प्रणालीमा काम गर्ने कर्मचारीलाई आयोगभित्रैबाट सचिवले नियुक्ति गरेर समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा ४६ जना कर्मचारीको दरबन्दी स्वीकृत छ।

यसरी देशभर सुरक्षा निकायबाहेक निजामती क्षेत्रबाट दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन हुन्छन्। उहाँहरूको सेवा सुविधा आर्थिक कार्यविधिले व्यवस्थापन गर्नेछ। यसका लागि सामूहिक दुर्घटना बीमा गरिएको छ। सामूहिक दुर्घटना बीमा २० लाखको छ।

कुनै दुर्घटना भएर उपचार गराउनुपर्ने वा निधन भएमा २० लाख क्षतिपूर्ति दिने गरी व्यवस्थापन गरिएको छ। समग्रमा सात चरण र समानुपातिक निर्वाचन प्रणालीको कुरामा पाँच चरणमा जनशक्तिलाई परिचालन गर्ने गरी आयोगले प्रबन्ध मिलाएको उहाँले जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter