नेपालमा उत्पादित क्यान्सरविरुद्धको औषधिको माग विदेशमा

काठमाडौं, कात्तिक २४ गते। नेपालको औषधि उत्पादक कम्पनी टिजिग फर्माबाट उत्पादित क्यान्सर विरुद्धको औषधिको विदेशमा माग बढ्दै गएको छ।

टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले टिजिगले उत्पादन गरेको क्यान्सर रोगको औषधिको विदेशी बजारमा माग बढ्दै गएको दाबी गर्नुभएको हो। बिहीबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभयो।

भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीले भारतीय निकायको स्वीकृतमा फर्माले उत्पादन गरेको औषधि उपभोग गर्न थालेको वैद्यको भनाइ छ।

उहाँले भन्नुभयो, “पछिल्लो समय भारतमा उपचार गराइरहेका क्यान्सरका बिरामीले नेपालमा बनेको औषधिको माग गर्न थालेका छन्।’’ टिजिगले नौ महिना अगाडिदेखि नेपालमा क्यान्सर रोगको औषधि उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ।

टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तिष्क र ठूलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधि उत्पादन गरिरहेको छ।

नेपालमा पाँच प्रकारको मोलिक्युलका सात वटा औषधि मात्र बिक्री वितरण गर्न पाइन्छ। यसलाई बढाउँदै लैजाने कम्पनीको योजना छ।

विदेशमा मात्रै बिक्री वितरणका लागि १६ किसिमका औषधिले अनुमति प्राप्त गरेका छन्। यी औषधि नेपाली चिकित्सक, अस्पताल र बिरामीले माग गरेपछि औषधि व्यवस्था विभाग नेपालमा बिक्री वितरण गर्न अनुमतिका लागि निवेदन पेस गरेको उहाँले जानकारी दिनुभयो।

नेपालले मुखबाट खाने क्यान्सरका ३४ प्रकारका औषधिको उत्पादन गर्नको लागि औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ। यी मध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादित २३ किसिमका औषधिको लागि औषधि व्यवस्था विभागले बिक्री वितरण अनुमति दिइसकेको छ।

उहाँले भविष्यमा अन्य धेरै प्रकारका औषधि उत्पादन गर्ने तयारी भइरहेको बताउँदै, अफ्रिकन देशमा पनि क्यान्सर विरुद्धको औषधि निर्यात गर्ने तयारी भइरहेको सुनाउनुभयो।

नेपालमा प्रति वर्ष २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्। एक वर्षमा १३ हजारको सङ्ख्यामा मृत्यु हुने गरेको छ।

‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरेर देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै निर्देशक वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मानसमेत गरिसकेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter