प्रधानमन्त्री कपमा एपीएफ च्याम्पियन

काठमाडौं, कात्तिक २६ गते । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

उपाधिसँगै एपीएफले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता आर्मीले पाँच लाख रुपियाँमा चित्त बुझायो । सेमिफाइनलमा पराजित नेपाल पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार रुपियाँ पुरस्कार पाए ।

सोमपाल कामीलाई आर्मीले फाइनलमा खेलाउने निर्णय गरेपछि केही समय विवादका कारण ढिलो गरी सुरु भएको खेल ४० ओभरमा झारिएको थियो । जसमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले जितका लागि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिएको थियो । आर्मीले दिएको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रन बनाउनुभयो । सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, कप्तान शरद भेषवाकरले अविजित १६ र आसिफ शेखले १४ रन बनाउनुभयो । बलिङमा आर्मीका जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक एक विकेट झार्नुभयो ।

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो । आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउनुभयो । जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामी मगरले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारी ११ रन बनाउनुभयो ।

बलिङमा एपीएफका अमर सिंह रौटेला र मौसम ढकालले तीन तीन विकेट लिनुभयो । किशोर महतोले दुई विकेट झार्नुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह सर्वोत्कृष्ट खेलाडी हुनुभयो । उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

दीपेन्द्रले प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बन्दै थप २० हजार रुपियाँ पाउनुभयो । पुलिसकै करण केसीले उत्कृष्ट बलर बन्दै २० हजार तथा एपीएफका मौसम ढकालले इमर्जिङ प्लेयरको अवार्ड सहित १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित १० टोलीको सहभागिता रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter