मधुमेहका दुई प्रकारका औषधि निःशुल्क : डा. फणिन्द्रप्रसाद बराल

सिर्जना खत्री / काठमाडौं, कात्तिक २८ गते । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.फणिन्द्रप्रसाद बरालले सरकारले दुई प्रकारका मधुमेहका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिनुभयो ।

इडिसिडिले विश्व मधुमेह दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै डा. बरालका अनुसार सरकारले मधुमेह (टाइप टु डाइवेटीज) नियन्त्रण गर्न प्रयोग गरिने ग्लिमेपिराइड र मेटफमिङ् गरी दुई प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको हो ।

उहाँले भन्नुभयो, “मधुमेहका लागि २० प्रकारका औषधि छन्, सरकारले सबै औषधि तत्काल निःशुल्क गर्न सक्दैन त्यसैले हाल टाइप टु डाइवेटीज नियन्त्रण गर्न प्रयोग गरिने ग्लिमेपिराइड र मेटफमिङ् गरी दुई प्रकारका औषधि आधारभूत औषधिका रूपमा निःशुल्क वितरण गर्दै आएको छ ।” उक्त औषधि सरकारी स्वास्थ्य संस्थाबाट मात्र प्राप्त गर्न सकिने जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार नसर्ने रोगको निःशुल्क औषधि वितरण गर्न नेपाल सरकारले गत आर्थिक वर्षमा प्रत्येक प्रदेशमा एक/एक करोड बजेट विनियोजन गरेको थियो । यो वर्ष पनि सरकारले प्रत्येक प्रदेशमा २०/२० लाख रकम नसर्ने रोगको औषधि खरिद गर्न विनियोजन गरेको छ । हरेक स्थानीय तहलाई औषधि खरिद गर्न बजेट विनियोजन गरेको उहाँले उल्लेख गर्नुभयो ।

मधुमेहका बिरामी बर्सेनि बढ्दै गएकाले सरकारले हरेक वर्ष औषधिका लागि बजेटको व्यवस्थापन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

शाखाले नसर्ने रोग नियन्त्रण गर्न विभिन्न कार्यक्रम गर्दै आएको जिकिर उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “पेन प्याकेजअन्तर्गत नसर्ने रोगको स्थानीय तहबाट नै पहिचान गरी रोकथाम गर्न पेन प्याकेजअन्तर्गत स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएको र सबै मन्त्रालयको सहकार्यमा बहुक्षेत्रिय कार्ययोजना पारित गरी काम अगाडि बढाइसकेका छौँ ।”

यसैगरी, टाइप वान डाइवेटिज (मधुमेह)का लागि निःशुल्क इन्सुलिन वितरण गर्न सरकारले झापा, दोलखा, बर्दियामा गरी तीन ठाउँबाट पाइट प्रोजेक्टका रूपमा काम सुरु गरेको जानकारी पनि उहाँले दिनुभयो । ती ठाउँमा त्यहाँ निःशुल्क प्राप्त गर्न सकिन्छ त्यहाँको कार्यक्रम सफल भए पनि मात्रै देशैभरी निःशुल्क इन्सुलिन निःशुल्क रूपमा वितरण गर्न कार्यक्रम अगाडि बढाउने डा. बरालको भनाइ छ ।

मधुमेह तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्लले पछिल्लो समय खराब जीवनशैली र खानपाले गर्दा युवाहरूमा नै मधुमेह देखिन थाले बताउनुभयो । डा. मल्लले यदि मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अङ्ग जस्तै: आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा असर पुर्‍याउने हुँदा समयमा नै सचेत रहन आग्रह गर्नुभयो ।

यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले मधुमेहको लक्षण देखिए समयमा नै परीक्षण गरी चिकित्सकको निगरानीमा औषधि सेवन गर्न सुझाव दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter