सडकका अव्यवस्थित तार व्यवस्थापन गरिँदै

काठमाडौं, कात्तिक २८ गते । सहरका मुख्य सडकमा रहेको अव्यवस्थित तारहरू व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको अनामनगर र सिंहदरबार क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको काम सुरु भएको हो ।

अव्यवस्थित तारले बटुवाहरूलाई हिड्डुल गर्ने समस्या परेको र सहरको स्वरूप नै कुरूप देखिएपछि त्यसको व्यवस्थापन भइरहेको छ । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी, महानगरपालिका, ट्राफिक प्रहरी, नेपाल टेलिकम प्राधिकरणको सहयोग र सहकार्यमा सो काम भएको सरोकारवालाहरूले बताउनुभएको छ ।

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

काठमाडौं, कात्तिक २८ गते । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।

बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।

“नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ”, कम्पनीले भनेको छ, “त्यहाँबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।” पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार हुने कम्पनीको भनाइ छ ।

एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ । कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter