गणतन्त्र संस्थागत गर्न निर्वाचनको ऐतिहासिक महत्त्व : राष्ट्रपति भण्डारी

काठमाडौं, मंसिर ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संविधानद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ ।

भोलि मङ्सिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा शनिबार सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो । निर्वाचनलाई निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

“शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ” राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा उल्लेख छ ।

जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको उहाँले बताउनुभएको छ । “आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ” सन्देशमा भनिएको छ ।

मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु । यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter