भोट हाल्न जाँदा मतदाताको परिचय-पत्र अनिवार्य : प्रमुख आयुक्त थपलिया

काठमाडौं, मङ्सिर ३ गते। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय–पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति-पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताउनुभएको हो।

उहाँले मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तु बोक्न नहुने बताउनुभयो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तु मतदान केन्द्रमा लिएर गए सामग्रीहरु जफत गर्ने चेतावनी दिनुभयो।

उहाँले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतले मतदाताका हरेक गतिविधिको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न सचेत गराउनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले अरुको नाममा मत नहाल्न, दोहोर्या‍एर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्न पनि आग्रह गर्नुभयो। उहाँले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘मतदान गर्न जाँदा साथमा आफ्नो मतदाता परिचय पत्र लिएर जानुहोस्। मतदाता परिचयपत्र नभए आयोगले तोके बमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै परिचय पत्र लिएर जानुहोस्। तर मोबाइल, कुनै क्यामेरा, सलाई, लाइटर र यस्तै कुनै पनि निषेधित वस्तुहरु साथमा लिएर नजानुहोस्।’’

मोबाइलबाट मतपत्रको फोटो खिच्न चाहेमा सुरक्षाकर्मीको निगरानीमा पर्नेसमेत उहाँले बताउनुभयो। लुकाएर मोबाइल लगिएको भए सामान जफत हुने उहाँको भनाइ छ। उहाँले दोहोर्याएर मत हाल्ने प्रयास नगर्नसमेत अनुरोध गर्नुभएको छ।

मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ। प्रमुख आयुक्त थपलियाले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर चार वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने बताउनुभएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनै पनि तर्कवितर्क नगर्न पनि सचेत गराउनुभएको छ। उहाँले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर चार वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिर निस्किएपछि आफ्नो सिधा निवासतर्फ लाग्न पनि आग्रह गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter