लगानी बराबरकै लाभांश फिर्ता

काठमाडौँ, मङ्सिर ५ गते । नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज)सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपियाँ लाभांश लगेका हुन्। जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपियाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ। यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपियाँले मात्र कम हो; जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो।

लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा पनि बढी हो। गत आवमा लगानीकर्ताले कुल ६५ करोड ८७ लाख रुपियाँ मात्र लाभांश फिर्ता लगेका थिए। गत आवको तीन महिनामा भने २३ करोड १५ लाख रुपियाँ मात्र लाभांश फिर्ता लगेको तथ्याङ्कले देखाउँछ।

त्यसअघि आव २०७७/७८ मा लगानीकर्ताले कुल ३९ करोड ६७ लाख रुपियाँ मात्र लाभांश लगेका थिए। सोही आवको तीन महिनामा जम्मा ५४ लाख रुपियाँ मात्र लाभांश फिर्ता भएको देखिन्छ।

चालू आवको असोजसम्म फिर्ता भएको लाभांश गत आवको तुलनामा एक अर्ब १४ करोड रुपियाँले बढी हो। त्यस्तै गत आवकै असोजसम्मको तुलनामा एक अर्ब ५७ करोड रुपियाँले बढी हो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशी लगानीकर्ताले चाहेमा प्रचलित नेपाल कानुनबमोजिम लाग्ने सबै कर भुक्तान गरी विदेशी लगानीबाट प्राप्त मुनाफा वा लभांशबापतको रकम नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिई परिवत्र्य विदेशी मुद्रामा फिर्ता लैजान पाउँछन्।

समीक्षा अवधिमा नेपालमा भित्रने विदेशी लगानी पनि घटेको पाइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter