चार पार्टी बने राष्ट्रिय दल; अब ३४ क्षेत्रमा नतिजा आउन बाँकी

काठमाडौँ, मङ्सिर ९ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ।

प्रत्यक्ष सँग–सँगै समानुपातिकतर्फको मत गणना पनि भइरहेको छ। योसँगै राष्ट्रिय दल को–को बन्न सक्छन् भन्ने प्रारम्भिक प्रक्षेपणसमेत गर्न थालिएको छ।

देशभर १ करोड ७९ लाख मतदाता रहेकोमा मंसिर ४ गते भएको निर्वाचनमा ६१ प्रतिशत मतदान भयो। त्यो भनेको करिब १ करोड ९ लाख मत हो।

खसेको मतमध्ये सदर भएको मतको ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने दल राष्ट्रिय दल बन्ने कानूनी प्रावधान छ। १ करोड ९ लाखको ३ प्रतिशत मत भनेको ३ लाख २९ हजार हुन आउँछ। यसरी हेर्दा अहिलेसम्म चार दल राष्ट्रिय दल बनिसकेका छन्।

एमालेले १२ लाख ६५ हजार, कांग्रेसले ११ लाख ९३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ८६ हजार र माओवादी केन्द्रले ५ लाख ४५ हजार मत कटाएर उनीहरू राष्ट्रिय दल बनिसकेका छन्।

राष्ट्रिय दल बन्ने दौडको सबैभन्दा नजिक राष्ट्रिय प्रजातन्त्र पार्टी छ। उसले ३ लाख ३ हजार मत ल्याइसकेको छ भने जनता समाजवादी उसलाई पछ्याइरहेको छ। अहिलेसम्मको विवरणअुनसार यो पार्टीले १ लाख ४५ हजार मत प्राप्त गरेको छ।

माधवकुमार नेपाल नेतृत्त्वको एकीकृत समाजवादीले अहिलेसम्म ९७ हजार मत ल्याउँदा रेशम चौधरी नेतृत्त्वको नागरिक उन्मुक्ति पार्टीले ८५ हजार मत पाएर एकीकृत समाजवादीलाई पछ्याउँदैछ।

अब ३४ क्षेत्रमा नतिजा आउन बाँकी, कहाँ कसको अग्रता

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आइरहेको छ। हालसम्म १६५ क्षेत्रमध्ये १३४ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ।

बाँकी रहेका ३४ क्षेत्रमध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन।

बाँकी ३१ क्षेत्रमा मुख्यतया नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका छन्।

जसमा नेकपा एमालेले ११, नेपाली कांग्रेस १०, नेकपा माओवादी केन्द्र ५, राष्ट्रिय स्वतन्त्र पार्टी १, जसपा २ र राप्रपा २ स्थानमा अग्रता लिएका छन्।

हेर्नुहोस् कुन क्षेत्रमा कसको अग्रता

प्रदेश १
१. इलाम १-
महेश बस्नेत (एमाले)-१५१६३
झलनाथ खनाल (एकीकृत समाजवादी)-१२९४५

२. इलाम-२
सुबास चन्द्र नेम्बाङ (एमाले)-२२४७९
डम्बर कुमार खड्का (कांग्रेस) -२०८६९

३. मोरङ १
घनश्याम खतिवडा (एमाले)-१८५१३
डिगबहादुर लिम्बू (कांग्रेस) -१८४८७

४. मोरङ २
ऋषिकेश पोखरेल (एमाले)-२९६४५
सुजता कोइराला (कांग्रेस) २८५६६

५. मोरङ-३
सुनिल कुमार शर्मा (कांग्रेस) -४६९३६
भानुभक्त ढकाल- (एमाले) २५०७४
रेखा थापा (राप्रपा) -१०७१०

६. सुनसरी १
गोमा तामाङ (स्वतन्त्र)-७९५२
अशोककुमार राई (जसपा)-६९०८
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र)-६५५०

७. सुनसरी-२
भीम प्रसाद आचार्य (एमाले)- १९२२३
सीताराम महतो (कांग्रेस) -१६४३४
लालबिक्रम थापा (स्वतन्त्र) -१४८१२

८. सुनसरी-३
भगवती चौधरी (एमाले)- १३६७८
कमलबाबु मैनाली (स्वतन्त्र) ४८९६
विजयकुमार गच्छदार (कांग्रेस)- ९३२८

९. सुनसरी-४
जगदिशप्रसाद कुसियैत (एमाले)-१८९३१
ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस) – १८३०१

१०. तेह्रथुम
सीता गुरूङ (कांग्रेस)-१४४००
विजय सुब्बा (एमाले) -१४२२९

११ उदयपुर १
नारायण खड्का (कांग्रेस)- १८७७७
मञ्जुकुमारी चौधरी (एमाले)- १६८६१

मधेश प्रदेश
१२ सप्तरी- ४
तेजुलाल चौधरी- (नेपाली कांग्रेस)- ६६९२
बाल किशोर यादव- (जसपा)-५०१५
सुकदेव प्रसाद साह (जनमत)- ४९७५

१३. सिराहा- २
राजकिशोर यादव (जसपा)- १९९०२
चित्रलेखा यादव (कांग्रेस)-१८३७७
विनोद कुमार यादव (जनमत)- १५६२४

१‍४. धनुषा- १
दीपक कार्की (जसपा)- १४०२१
मात्रिका प्रसाद यादव (माओवादी केन्द्र)- १०७२६
किशोरी साह (जनमत)- ७५२९

१५. धनुषा ४
महेन्द्र यादव (कांग्रेस)- १४११०
रघुबीर महासेठ (एमाले)- १२८८५

१६. महोत्तरी- १
गिरीराज मणि पोखरेल (माओवादी केन्द्र)- १४७७०
लक्ष्मी महतो कोइरी (एमाले)-१३७३३

१७. महोत्तरी- ४
महेन्द्र कुमार राय (कांग्रेस) – २२८१०
सुरेन्द्र कुमार यादव (जसपा) – १७६०१
मनोजकुमार साह (जनमत) – ८४४०

१८. सर्लाही- २
महिन्द्र राय यादव (माओवादी केन्द्र) – १५१०७
राजेन्द्र महतो (लोसपा) -१४०६१

१९. बारा- २
शिवचन्द्र प्रसाद कुशवाह (माओवादी केन्द्र)-११५५४
राम सहाय प्रसाद यादव (जसपा)-११२६५
राम किशोर यादव (स्वतन्त्र)-९८२२

बागमती प्रदेश

२०. नुवाकोट-१
हितबहादुर तामाङ (माओवादी केन्द्र)- २३६८३
बद्री मैनाली (एमाले)- २०९८२

२१. नुवाकोट-२
अर्जुननरसिंह केसी (कांग्रेस)- २३६१८
नाराणप्रसाद खतिवडा (एमाले)- १३४९३
सुमन बिक्रम पाण्डे- १२६६२

२२. चितवन-३
विक्रम पाण्डे (राप्रपा)- ३१२६०
भोजराज अधिकारी (माओवादी)- २२१५१
जिता बराल (राष्ट्रिय स्वतन्त्र पार्टी) १४१३७

२३. रामेछाप
पूर्ण तामाङ (कांग्रेस)- २४४५१
कैलाश ढुंगेल (एमाले) – १६६८२

२४. काभ्रे
रेशमबहादुर लामा (एमाले)- २२५५१
सूर्यमान तामाङ (माओवादी केन्द्र) – २२३७३

लुम्बिनी प्रदेश

२५. रूपन्देही १
छबिलाल विश्वकर्मा (एमाले) – २११४२
घनश्याम भुसाल (स्वतन्त्र) – १७८७०

२६. रूपन्देही २
विष्णु प्रसाद पौडेल (एमाले) – २३७९३
गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) – २२८८७

२७ रूपन्देही ३
दीपक बोहोरा (राप्रपा) – २७६३१
बालकृष्ण खाँड (नेपाली कांग्रेस)- २७१९८

२८. कपिलबस्तु २
सुरेन्द्र राज आचार्य (कांग्रेस) ३६२०४
बृजेशकुमार गुप्ता (एमाले) – ३५६५३

२९. कपिलबस्तु ३
मंगलप्रसाद गुप्ता (एमाले) – २०८५२
अभिशेक प्रसाद साह (नेपाली कांग्रेस)- १७७८८

३०. हुम्ला
छिरिङ डम्डुल लामा (भोटे)- (माओवादी केन्द्र) ९९६३
दल रावल (एमाले)- ७०६६

३१. मुगु
ऐन बहादुर शाही ठकुरी- (नेपाली कांग्रेस) ८०३९
राज बहादुर कार्की (एमाले)- ५७७८

गणना हुन बाँकी

१. दोलखा
२. स्याङ्जा २
३. बाजुरा

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter