पूर्ण स्तनपान गराउनेको सङख्या १० प्रतिशतले घट्यो

काठमाडौं, मङ्सिर ९ गते । नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको सङ्ख्या १० प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले घट्एको देखाएको हो ।

सन् २०२२ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा ५६ प्रतिशत आमाहरुले मात्रै शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । जब पाँच वर्ष पहिले अर्थात् सन् २०१६ को प्रतिवेदनले पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो ।

सोही प्रतिवेदनमा ६ देखि २३ महिना उमेरका ४३ प्रतिशत बालबालिकालाई मिठो पेय प्रदार्थ खुवाइएको देखाएको छ भने ६९ प्रतिशत बालबालिकालाई अस्वस्थकर खानेकुरा खुवाएको प्रतिवेदनले देखाएको छ ।

नेपालमा १९९६ मा ७५ प्रतिशत ,२००१ मा ६८ प्रतिशत, २००६ मा ५३ प्रतिशत ,२०११ मा ७० प्रतिशत, २०१६ मा ६६ प्रतिशत थियो ।

बच्चालाई जन्मेदेखि छ महिना नलागेसम्म आमाको दूधबाहेक अन्य केही कुरा नखुवाउन चिकित्सको सुझाव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter