समानुपातिक मतगणना : एमालेले २६ लाख कटायो, कांग्रेसको २५ लाख मत

काठमाडौं, मङ्सिर १३ गते। समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २६ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार साँझसम्मको गणनामा एमालेले २६ लाख ५१ हजार ६७२ मत पाएको हो।

नेपाली कांग्रेसले २५ लाख सात हजार १४ मत पाएर समानुपातिकतर्फ दोस्रो दल बनेको छ। नेकपा (माओवादी केन्द्र) ११ लाख ३१ हजार ९८३ मत पाएको छ। तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८६ हजार ८५२ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ६१ हजार ७१६ मत ल्याउँदा जनता समाजवादी पार्टीले तीन लाख ८२ हजार ५५४ मत प्राप्त गरेको छ। जनमत पार्टीले तीन लाख ४२ हजार ८८ मत पाएको छ भने नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ७८ हजार २९९ मत पाएको छ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४६ हजार १६८, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४६ हजार २१०, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ४८८, हाम्रो नेपाली पार्टीले ५३ हजार ५५२, मङ्गोल नेशनल अर्गनाइजेशनले ४७ हजार २६७ मत प्राप्त गरेका छन्।

राष्ट्रिय जनमोर्चाले ४५ हजार ५६२ मत, नेपाल सङ्घीय समाजवादी पार्टीले ३९ हजार २९३, नेकपा (माक्सवादी लेनिनवादी) ले २९ हजार, १६९, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार, १८१, जनता प्रगतिशील पार्टीले १७ हजार, ४६२, नेपाल आमा पार्टीले १७ हजार ४३१ मत प्राप्त गरेका छन्।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ३१५, बहुजन एकता पार्टीले १६ हजार १९१, नेपाली कांग्रेस (बीपी)ले ११ हजार ८०३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ११ हजार २७१, नेपाली जनता दलले नौ हजार २७१, नेपालका लागि नेपाली पार्टीले सात हजार ९८२, नेपाल कम्युनिष्ट पार्टीले सात हजार २३३ मत ल्याएका छन्।

नेपाल जनता पार्टीले सात हजार ५१ मत, नेकपा (पुष्पलाल)ले छ हजार ९८६, बहुजन शक्ति पार्टीले छ हजार ९१०, मितेरी पार्टी नेपालले छ हजार ६६७, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार २६०, जनजागरण पार्टी नेपालले पाँच हजार ९८२ मत ल्याएका छन्।

सामाजिक एकता पार्टीले पाँच हजार ५६४, जनसामाजवादी पार्टीले पाँच हजार ५६२, पिछाडावर्ग निषाद दलित जनजाति पार्टीले चार हजार ५००, विवेकशील साझा पार्टीले तीन हजार ८७४, नेकपा (माओवादी समाजवादी) पार्टीले तीन हजार ५५९ मत ल्याएका छन्।

एकीकृत शक्ति नेपालले तीन हजार ३२४, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार १५१, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार १३८, मौलिक जरोकिलो पार्टीले तीन हजार ७५, तराई मधेश लोकतान्त्रिक पार्टीले तीन हजार ४५, नेपाल समावेशी पार्टीले दुई हजार ६२०, नेकपा (परिवर्तन)ले दुई हजार ६७, नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ९४५ र राष्ट्रिय नागरिक पार्टीले एक हजार ८८३ मत ल्याएका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म ९८ लाख ५६ हजार १९४ मतगणना भइसकेको छ।

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter