उद्यमशीलता विकास गर्न ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

लक्ष्मण पौडेल / भैरहवा, मंसिर २१ गते । पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मिसिनले बनाइन्छ । पछिल्ला दिनमा सहर बजारमा परम्परागत दुनाटपरीका ठाउँमा प्लास्टिकका थाल र सामग्रीको अधिक प्रयोग हुँदै आएको छ । यसले सदियौँदेखि चलनचल्तीमा रहँदै आएका हातले बनाएका दुनाटपरी लोप भइरहेका हुन् ।

धार्मिक पूजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा पहाडका बस्तीमा अझै पनि सालका पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन छ ।

तराईमा यसको प्रयोग अत्यन्तै न्यून छ । नयाँ पुस्तामा दुनाटपरी बनाउने सीपको कमी छ । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका सामग्री प्रयोग बढ्दै गइरहेका बेला यसको संरक्षण, प्रयोग र नयाँ पुस्तामा सीपको विकास बढाउने भन्दै भैरहवामा यही मङ्सिर २३ देखि पुस ४ गतेसम्म हुने लुम्बिनी राष्ट्रिय महोत्सवमा ‘दुनाटपरी, बोहोता तथा बत्ती काट्ने प्रतिस्पर्धा’ गराउन लागिएको छ ।

‘दुनाटपरी स्थानीयस्तरमा पाइने साल लगायत अन्य बिरुवाका पातबाट सहजै बनाउन सकिन्छ । तर आधुनिकतासँगै लोप हुने खतरा बढ्यो’, सङ्घकी महिला उद्यमी तथा हस्तकला संयोजक पल्लबी न्यौपानेले भन्नुभयो, ‘पुरानो परम्पराको जगेर्ना गर्दै प्लास्टिक भन्दा स्वदेशमै पाइने हस्तकलाका सामान प्रयोग गरौँ भन्ने सन्देश दिन पनि हामीले दुनाटपरी, बोहोता तथा बत्ती काट्ने प्रतिस्पर्धा कार्यक्रम मेलास्थलमा राखेका हौँ ।’

उहाँले प्लास्टिक नकुहिने भएकाले यसले वातावरणमा पनि असर गरिरहेकाले विभिन्न वनस्पतिको पातबाट भन्ने दुनाटपरीको प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले धेरै महिला दिदीबहिनी बेरोजगार भइरहेको तर प्लास्टिकका सामग्रीको प्रयोग अधिक बढिरहेका बेला दुनाटपरी बनाउन सिके धेरै सहजता हुने बताउनुभयो । ‘हामीले प्रतिस्पर्धा गराएर सबैलाई विभिन्न बिरुवाका पातबाट भन्ने दुनाटपरी र बोहोता प्रयोग गर्ने बानीको विकाससँगै यस पेसामा लाग्नेलाई प्रोत्साहन गर्न खोजेका हौँ’, उहाँले भन्नुभयो ।

प्लास्टिकका सामग्रीभन्दा वनस्पतिका सामग्री सस्तो पर्छ । महोत्सव मूल आयोजक समिति संयोजक एवं सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले केही समय पहिले सहर बजारमा समेत सालका पातबाट बनेका दुनाटपरीको प्रयोग भए पनि पछिल्लो समय लोप हुँदै गएको बताउनुभयो । अहिले दसैँ, तिहारलगायतका चाडपर्व, विवाह व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढेको छ ।

अब नागरिक सचेत भएर पातबाट बनेका दुनाटपरी प्रयोग गर्नुपर्ने न्यौपानेले बताउनुभयो । सङ्घले मेलास्थलमा आयोजना गरेको प्रतिस्पर्धामा विजयी हुनेलाई उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ । ‘हामीले प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरेका छौँ, त्यसैले धेरैभन्दा धेरै दिदीबहिनी प्रतिस्पर्धामा भाग लिनुहुन्छ भन्ने हाम्रो विश्वास छ’, महिला उद्यमी तथा हस्तकला संयोजक न्यौपानेले भन्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter