पन्ध्र सय परिवारलाई न्यानो कपडा

जनार्जन खत्री / सर्लाही, पुस ९ गते। सर्लाहीको हरिपुर र ईश्वरपुरमा एक हजार पाँच सय अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।

विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौंसँग सहकार्य गरेर दुई पालिकाका एक हजार ५३० परिवारलाई न्यानो कपडा वितरण गरेको हो।

एक परिवार बराबर करिब आठ हजार ५०० रुपियाँ बराबरको कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गरिएको बागमती सेवा समाज नेपालले जनाएको छ।

कठ्याङग्रिदो चिसोमा न्यानो कपडा पाएपछि लाभग्राही परिवार खुसी भएका छन्। हरिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा ईश्वरपुर नगरपालिकाको वडा नम्बर १, ३ र ९ का मुसहर, दलित र मुस्लिम परिवारलाई न्यानो कपडा वितरण गरिएको बागमती सेवा समाज नेपालका गजेन्द्र साहले जानकारी दिनुभयो।

ईश्वरपुरमा नगरप्रमुख मनोजकुमार आचार्य र हरिपुरमा नगरप्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यतामा शनिबारबाट न्यानो कपडा वितरण कार्यको शुभारम्भ गरिएको साहले बताउनुभएको छ। न्यानो कपडा वितरण कार्यमा संस्थाका अध्यक्ष भरतकुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, सम्बन्धित वडाका वडाध्यक्षलगायत अन्य सरोकारवाला सहभागी हुनुहुन्थ्यो।

दुई पालिकाका एक हजार ५३० परिवारलाई कपडा वितरण गरिसक्न केही दिन लाग्ने संस्थाले जनाएको छ। ईश्वरपुरका नगर प्रमुख मनोजकुमार आचार्यले चिसोले कठङ्याग्रिएर बर्सेनि विपन्न वर्गका मानिसको मृत्यु भइरहेको भन्दै यस्ता सामाजिक सङ्घ संस्थासँग समन्वय गरेर विपन्न वर्गका लागि वितरण गर्न कपडा बैङ्क स्थापना गर्न पहल गर्ने बताउनुभएको छ।

यस्तै, हरिपुरका नगर प्रमुख गोपाल पञ्जियारले कठ्याङग्रिदो चिसोमा संस्थाले प्रदान गरेको सहयोगले अतिबिपन्न परिवारको उद्धार भएको बताउनु भएको छ। हरिपुर नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा तीन जनाको मृत्यु भइसकेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter