देशको पहिलो सुन्तला ग्रेडिङ मेसिन बन्द हुने अवस्थामा

अर्जुन काफ्ले / स्याङ्जा, पुस १० गते । सरकारले ८५ प्रतिशत अनुदान दिने सहमतिमा सञ्चालनमा आएको देशकै पहिलो सुन्तला ग्रेडिङ मेसिन बन्द हुने अवस्थामा पुगेको छ । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जाको अर्जुन चौपारी १ मा रहेको सुन्तला ग्रेडिङ मेसिन पाँच वर्ष पुग्दा समेत अनुदान नपाएपछि बन्द हुने अवस्थामा पुगेको हो ।

सुन्तला उत्पादक फणिनारायण अर्यालले २०७४ मा ८५ प्रतिशत नेपाल सरकार र १५ प्रतिशत आफूले लगानी गर्नेगरी सञ्चालनमा ल्याउनुभएको थियो । सार्क फण्डले सहयोग दिनेगरी पोष्ट हार्बेष्ट निर्देशनालयसँग अनुदानको सम्झौता गरेसँगै अर्यालले ग्रेडिङ मेसिन नेपालमै पहिलो पटक स्याङ्जाको अर्जुन चौपारीमा भित्र्याउनुभएको थियो ।

५८ लाख रुपियाँमा मेसिन खरिद गरेर काम गर्नुभएका अर्यालले सरकारले सम्झौताको ४६ लाख ८१ हजार रुपियाँ अनुदान उपलब्ध गराएको छैन । सरकारबाट सम्झौताको अनुदान नपाएपछि चार वर्ष पहिला मुक्तिनाथ विकास बैङ्कबाट ७० लाख ऋण लिएर सञ्चालन गरे पनि रकम नपाउँदा ऋण तिर्न समस्या भएको बताउनुभयो ।

मेसिन राख्ने भवन बनाउन ५० प्रतिशत १८ लाख पाएर बनाए पनि मेसिनको अनुदान भने पाँच वर्ष पुग्न लाग्दा पनि नपाएको अर्यालले बताउनुभयो । सम्झौता भएको कार्यालय खारेज हुँदा नयाँ कार्यालय खोज्न तीन लाख रुपियाँ खर्च गरेको बताउँदै अर्यालले अहिले बाली विकास तथा जैविक विविधता कार्यालय हरिभवनमा अनुदानका लागि छलफल भइरहेको बताउनुभयो ।

सरकारबाट अनुदान पाउनेगरी ग्रेडिङ मेसिन किनेको बताउँदै अनुदान नपाए घाटा खाएर भए पनि मेसिन बेचेर ऋण तिर्नुपर्ने बाध्यता भएको बताउनुभयो । आफ्नो ८० रोपनी जग्गामा उत्पादन भएको सुन्तला र अन्यबाट लिएको सुन्तला ग्रेडिङ गरेर बेच्दा आएको रकमले ब्याज तिर्न सकेको बताउँदै सुन्तला बेचेर आर्थिक आर्जन गर्ने चाहना अधुरो भएको अर्यालले बताउनुभयो ।

दैनिक १० देखि २० मेट्रिक टन ग्रेडिङ मेसिनबाट सुन्तला ग्रेडिङ गर्न सकिन्छ भने अर्यालले वार्षिक दुई हजार मेट्रिक टन सुन्तला ग्रेडिङ गरेर बेच्ने गर्नुभएको छ । ६५ मिटर लामो ग्रेडिङ मेसिनले अटोमेटिक सुन्तला पखाल्ने, धुने, पुछ्ने, पोलिस गर्ने गरिन्छ भने सानोदेखि ठूलो आठ वटा ग्रेडमा सुन्तला मेसिनले छुट्टाउने गर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter