स्याङ्जामा दशककै बढी सुन्तला उत्पादन, एक अर्ब १४ करोडको बिक्री

अर्जुन काफ्ले / स्याङ्जा, पुस ११ गते । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादन अत्यधिक रूपमा वृद्धि भएको छ । यहाँ यस वर्ष एक अर्ब १४ करोड बराबरको सुन्तला उत्पादन भएको छ । यो गत वर्ष भन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो ।

गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा प्रति हेक्टर ६.१ प्रतिशतले धेरै सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत माधवप्रसाद लम्सालले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर १० दशमलव ३ मेट्रिक टन उत्पादन भएको थियो । यहाँ दुई हजार हेक्टरमा सुन्तला लगाइएकोमा एक हजार चार हेक्टरमा सुन्तला उत्पादन भइरहेको लम्सालले बताउनुभयो ।

गत वर्षभन्दा यस वर्ष नौ हजार १२० मेट सुन्तला उत्पादन बढी भएको हो । गत वर्ष १३ हजार ८४० मेट उत्पादन भएको थियो । यस वर्ष मनसुन राम्रो र असिना तथा औँसा किराको प्रकोप नदेखिँदा सुन्तला उत्पादन बढेको लम्सालले बताउनुभयो । ५० बर्सबाट सुन्तला उत्पादनमा लाग्नु भएका ६७ वर्षीय सुन्तला उत्पादक फणीनारायण अर्यालले आफूले जाने देखी कै सबैभन्दा बढी सुन्तला फलेको बताउनुभयो ।

८० रोपनी क्षेत्रफलमा दुई हजारभन्दा बढी बोट लगाउनुभएका अर्यालले सुन्तलाका बोटले नै धान्न कठिन हुने गरी अहिले अचाक्ली सुन्तला फलेको बताउनुभयो । अर्याल जस्तै चार हजारभन्दा बढी साना ठुला सुन्तलाका बगैँचा कृषकका यहाँ रहेको र ६÷७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुने गरेको छ । उत्पादकत्व दर बढ्दा कृषकले सुन्तलाको मूल्य भने कम पाएका छन् । सुन्तलाको बजार मूल्य उच्च रहे पनि ४० देखि ६५ रुपियाँ प्रति किलोमा बगैँचाबाट कृषकले बिक्री गरेका छन् ।

यहाँ उत्पादित सुन्तला मध्ये किसानले १५ प्रतिशत आफैँ उपभोग गर्दा ८५ प्रतिशत सुन्तला बिक्री वितरण गर्ने गरेका छन् । यहाँका सुन्तला यस वर्ष काठमाडौँ, बुटवल, नारायणघाट र पोखरा बिक्री भइरहेको छ । पुतलीबजार, वालिङ, भीर कोट र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter