नागरिकताको सनाखतमा जनप्रतिनिधि बस्न नपाउने

चन्द्र पन्दाक / ताप्लेजुङ, माघ २४ गते। ताप्लेजुङमा तीनपुस्ते नातेदार नखुल्ने जनप्रतिनिधिले नागरिकताको सनाखतमा बस्न नपाउने भएका छन्। जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।

यसअघि जनप्रतिनिधिले नागरिकताको सनाखतमा बस्ने गरेको प्रचलन रहँदै आएकोमा सो कार्य कानुनविपरीत भएकाले तीनपुस्ते नाता नखुल्ने जनप्रतिनिधि वा कसैले पनि सनाखतमा बस्न नपाउने प्रजिअ चेम्जोङले बताउनुभयो।

जनप्रतिनिधि वा कोही पनि जिम्मेवार पदाधिकारीलाई सनाखत गराएर नागरिकता प्रमाणपत्र जारी गर्न सक्ने व्यवस्था नागरिकता ऐनमा नभएकाले त्यस्तो कानुनविपरीत कार्य गर्न नमिल्ने उहाँको भनाइ छ।

ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आउनुभएका चेम्जोङले स्थानीय सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्नुहुँदै नागरिकताजस्तो संवेदनशील विषयमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो। कानुनविपरीत कार्य कसैले पनि गर्न नहुने बताउँदै उहाँले कतिपय विषयमा कानुनको दायराभित्र रहेर स्वविवेक प्रयोग हुने बताउनुभयो।

आफ्नो जिम्मेवारी कानुन कार्यान्वयन गर्ने साथै समस्याको गाँठोसमेत फुकाउने रहेकाले सरोकारवाला सबैसँग समन्वय र परामर्श गर्दै आवश्यक पहले आफूले गर्ने बताउनुभयो। नागरिकताका लागि शारीरिक अशक्तता वा अन्य कारणले सनाखत गर्न आउन नसक्नेका लागि विषेश योजना बनाउने तयारी रहेको उहाँले सुनाउनुभयो।

प्रशासन कार्यालयबाट कर्मचारी सम्बन्धित ठाउँमा पुगेर नागरिकता वितरण गर्ने वा सनाखत गराई कागजात सङ्कलन गरेर प्रशासनबाटै वितरण गर्नेबारे योजनाको तयारी रहेको उहाँले बताउनुभयो। नागरिकता पाउन योग्य नागरिकले सहज रुपमा नागरिकता प्रमाणपत्र पाउनेगरी योजना बन्ने पनि उहाँले जानकारी दिनुभयो।

यसअघि नागरिकता ऐनमा व्यवस्था नभए पनि स्थानीय तहका प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख सनाखतमा बस्दै आउनुभएको थियो। त्यस्तै प्रदेश जिल्लाबाट निर्वाचित प्रदेश तथा सङ्घीय सांसदलाई पनि सनाखतमा राखेर जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्दै आएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter