पाँचौँ खुला लन टेनिस प्रतियोगिता हुने

कपिल ज्ञवाली / सिद्धार्थनगर, माघ २५ गते । रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।

‘लन टेनिस खेलको कुम्भ मेलाका रूपमा देशभरका खेलाडीबीच प्रतियोगिता हुनेछ । यहाँ एक सयभन्दा बढीको सङ्ख्यामा खेलाडीहरू सहभागी हुनेछन्’ उहाँले भन्नुभयो । रुपन्देहीमा लन टेनिस खेल र खेलाडीको क्षमता विकास, नियमित अभ्यास र खेल पूर्वाधार विकासमा रुपन्देही लन टेनिस सङ्घ लागेको उहाँको भनाइ छ ।

वि.सं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीलाई सङ्गठित गर्दै छोटो समयमा केन्द्रमा आबद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समूहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पूर्वाधार विकास र विभिन्न तालिममा जोड दिइएको उहाँले बताउनुभयो । हाल देवीनगरमा ४ वटा व्यवस्थित कोर्ट छन् ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडी विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले चार लाख आर्थिक सहयोग गरेको छ । खेल अवधिभरमा १८ लाख खर्च अनुमान गरिएको आयोजकको भनाइ छ । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले खेलकुद मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रचार संयोजक तथा सङ्घका सचिव सबर मियाले नेपाल मात्र नभई भारत, भुटानबाट समेत खेलाडी आउँदा पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने बताउनुभयो । पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेट्रान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र ६५ माथि गरी कुल १२ इभेन्टमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको पुरुष–महिला सिङ्गलतर्फ उपाधि विजेताले नगद ६० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

सिङ्गलतर्फ नै पुरुष ३५ वर्ष माथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपियाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । यसैगरी डबल्सतर्फ पुरुष डबल्स–महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

यसैगरी भेट्रान्स डबल्सतर्फ ३५–४५–५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपियाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपियाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter