प्राधिकरणमा काठमाडौं महानगरको दुई अर्ब बक्यौता

काठमाडौं, माघ २६ गते । सडक बत्ती बालेबापत काठमाडौं महानगरले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम झण्डै दुई अर्ब पुगेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगरले हालसम्म तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ९८ करोड २१ लाख १२ हजार ४४८ रुपियाँ रहेको छ ।

महानगरले सडक बत्ती बालेबापत प्राधिकरणलाई रकम तिर्नुपर्ने तर बेवास्ता गरेकाले अहिलेसम्म बक्यौता रकम धेरै पुगिसकेको प्राधिकरणका अर्थ महाशाखा प्रमुख तोमलाल सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले २०७४ यता सडक बत्ती बालेबापतको बक्यौता रकम बुझाएको छैन । पटक पटक ताकेता गरिरहेकै छौँ । रकम पनि धेरै पुगिसक्यो । महानगरले तिर्छु पनि भन्दैन तिर्दिन पनि भनेको छैन ।’ महानगरसँगको छलफलमा बक्यौता रकमको विषयमा जानकारी गराइरहे पनि प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने भन्दै वास्ता नै नगरेको उहाँको भनाइ छ ।

‘महानगरसँग पटक पटक छलफलमै रहेका छौँ। बक्यौता रकमबारे जानकारी गराइरहेकै छौँ । तर महानगरले सम्पत्ति कर दिनुपर्ने भन्दै यसलाई टार्ने गरेको छ,’ सुवेदीले भन्नुभयो । ‘स्थानीय स्वायत्त शासन ऐन’, बमोजिम प्राधिकरणले महानगरलाई सम्पत्ति कर पनि तिर्न बाँकी रहेको भन्दै महानगरले निरन्तर अडान लिएको उहाँको भनाइ छ । महानगरले भनेजस्तो प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने अवस्था भने नरहेको अर्थ विभाग प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महानगरले जुन मुद्दा उठाएको छ । त्यसअनुसार हामीले महानगलाई सम्पत्ति कर नै बुझाउनु पर्दैन । हामीले महानगरलाई पटक पटक भन्यौँ तर कुरा नै सुन्न तयार छैन ।’ महानगरभित्रका रत्नपार्क वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, कुलेश्वर वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रबाट गरेर महानगरले बुझाउनुपर्ने बक्यौता रकम निकालिएको हो । महानगरले किस्ता किस्तामा रकम तिछौँ भने पनि प्राधिकरणले सहजीकरण नै गर्ने उहाँको भनाइ छ ।

महानगर भन्छ : बक्यौता रकम प्रमाणित नभई तिर्दैनौँ

प्राधिकरणले देखाएको बक्यौता रकम वास्तविक रकम नै हो भन्ने आधार स्पष्ट नभएकाले महानगरले रकम नतिरेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत प्राधिकरणले देखाएको बक्यौता रकम सबै प्रमाणित हुने कागजात नै केही छैन, अनि हामी कसरी तिन सक्छौ ? रकमलाई प्रमाणित गर्ने कागजानत भए मात्र हामी रकम तिछौँ ।’

प्राधिकरणले कुन वडामा कति बिल उठ्यो प्रमाणसहित रकम निकालेको खण्डमा भने आफूहरू रकम तिर्न तयार रहेको उहाँको भनाइ छ ।

मानन्धरले भन्नुभयो, ‘महानगरले लागेको रकम नतिर्ने कुरा छैन । एक सरकारी संस्थाले अर्को सरकारी संस्थालाई लागेको महसुल नतिर्ने कुरा नै हुँदैन । तर प्राधिकरणले यत्तिकै यति भयो पैसा भनेर महानगर मान्दैनौँ । प्रमाणित कागजात भए हामी लागेको रकम तिर्न तयार छौँ ।’

महानगरभित्र प्राधिकरणको चर्चेको जग्गाको कर पनि तिर्नुपर्ने तर प्राधिकरण पनि यो विषयमा तर्केको उहाँको आरोप छ । ‘प्राधिकरणले महानगरभित्र चर्चेको जग्गाको कर पनि महानगरलाई तिर्नुपर्ने तर तिरेको छैन । हामीले मात्र तिर्नुपर्ने रकम महानगरले देखाएको छ । आफूले तिर्नुपर्ने रकम भने देखाएको छैन,’ उहाँले भन्नुभयो ।

मौजुदा कानुनमै बेखबर महानगर

महानगरपालिकाले प्राधिकरणले सम्पत्ति कर बुझाउन बाँकी रहेको जनाएको छ । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएअनुसार दफा ९५५० को उपदफा ९५० बमोजिम नेपाल सरकारको स्वामित्वमा रहेको सरकारी संस्थानले सम्पत्ति कर बुझाउनु नपर्ने उल्लेख छ । तर, महानगरले भने प्राधिकरणले सम्पत्ति कर नबुझाएको आरोप लगाउँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter