‘अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ’

काठमाडौं, माघ २७ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’

राष्ट्रपति भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिनुभयो। उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ। देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वृत्त नीति निर्देशित हुनुपर्ने देखिएको छ।’’

देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताउनुभयो।

देशको अर्थतन्त्रको विषयमा धारणा राख्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘देशको अर्थतन्त्रको विषयमा हामी सबै जानकार छौँ। अर्थतन्त्रमा देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्था छ। अर्थतन्त्रका सूचकमा तत्काल केही सुधार देखिए पनि त्यो भरपर्दो छैन।’’

उहाँले बढ्दै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ। ‘‘बढ्दै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रमा हामी सबै गम्भीर बन्नुपर्छ। विश्वव्यापीकरणको यो युगमा हाम्रो प्रयास मात्र पर्याप्त हुँदैन। कोभिड–१९ र डेंगुलाई देखाएर पन्छिने अवस्था छैन।’’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter