विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, चैत्र २१ गते। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर प्राधिकरणले गरिरहेका कार्यको जानकारी लिने क्रममा नेपाल जलवायुजन्य लगायतका जोखिममा रहेकोले न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो।

विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर भविष्यमा हुनसक्ने विपद् कम गर्नेतिर पर्याप्त काम नहुने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले यसतर्फ ठोस पहलकदमी लिइने आश्वासन दिनुभयो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक यथाशीघ्र बसी रणनीतिक र तत्काल गर्नुपर्ने दुवै खालका कार्यलाई अगाडि बढाइने उहाँको भनाइ थियो।

उपप्रधानमन्त्री श्रेष्ठ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष हुनुहुन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्को पछिल्लो अवस्था, प्राधिकरणले तर्जुमा गरेका कार्यविधि तथा निर्देशिका एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको प्रभावकारिताका लागि गृह मन्त्रालयसँग प्राधिकरणले गरेका अपेक्षाबारे ब्रिफिङ गर्नुभएको थियो।

ब्रिफिङका क्रममा पोखरेलले हरेक वर्ष बढिरहेको विपद्का घटनाले ठूलो मानवीय तथा भौतिक क्षति गरिरहेकोले प्राधिकरणले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। कार्यकारी प्रमुख अनिल पोखरेलले आगामी वर्षको मनसुनबाट हुनसक्ने क्षतिलाई मध्यनजर गरेर अहिल्यै गर्नुपर्ने तयारीका बारेमा पनि उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter