कृषकलाई आधुनिक मौरीको घार वितरण

शेरबहादुर राई / ओखलढुङ्गा, चैत २३ गते । ओखलढुङ्गामा ३५ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगरभित्रका ३५ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो ।

नगरपालिकाको १२ वडाका ३५ जना कृषकलाई ७५ प्रतिशत अनुदानमा आधुनीक मौरीको घार वितरण गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो । नगरपालिकाको कृषि शाखामार्फत करिब ६ लाख लागतमा ६३ वटा आधुनिक मौरीको घार खरिदगरी किसानलाई वितरण गरिएको कृषि प्राविधिक विरेन्द्र तामाङले जानकारी दिनुभयो ।

मौरी र गोलासहितको आधुनिक घार वितरण गरिएको कृषि प्राविधिक तामाङको भनाइ छ । व्यावसायिक मौरीपालक किसानलाई प्रोत्साहन दिने उद्देश्यले घार वितरण गरिएको सिद्धिचरण नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सञ्चालन गरिएको तीन दिने मौरीपालन सम्बन्धिको तालिम प्राप्त किसानलाई आधुनिक मौरीको घार वितरण गरिएको छ ।

यसका साथै सिद्धिचरण नगरपालिकाले विगुटारका आधुनिक तरकारी खेती गर्ने किसानलाई कृषि प्रविधि वितरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) बाट प्राप्त कृषि प्रविधि व्यवसायिक तरकारी खेती गर्ने किसानलाई वितरण गरिएको हो । ओखलढुङ्गाको सदरमुकाममा माग हुने तरकारी सिद्धिचरण नगरपालिका –७ विगुटारले धानेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter