मुद्रा सटहीका लागि राष्ट्र बैंक र विकास कोषबीच सम्झौता

कपिल ज्ञवाली / सिद्धार्थनगर, चैत २३ गते । लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्र बैंकको परिवत्र्यसूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सिआइएमबी बैंक सिङ्गापुर पठाउनेगरी दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्रासूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन ।

दुवै पक्षवीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानवापतको मुद्रा सटही प्रक्रियामा गएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको दान वापतको रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्रासूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफुहरुको पटक पटकको प्रयासपछि सटही हुने अवस्था आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो ।

उहाँले १ सय १ देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दान वापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवत्र्यसूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्नेगरी सम्झौता हुनु ठूलो उपलब्धी भएको बताउनुभयो ।

पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, रुसलगायतका २० देशका करिव ७४ लाख नेपाली रुपियाँ सटही हुने कोषले जनाएको छ । परिवत्र्य विदेशी मुद्रासूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारिक रुपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताउनुभयो ।

राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नसाटिएमा कोष नै जिम्मेवार हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । अमेरिकी डलरमा सटही प्रदान गर्ने भए तापनि अमेरिकी डलर बराबरको नेपाली रुपियाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा भनिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter