पत्रकार कल्याणकारी कोष सञ्चालन गरिने : मुख्यमन्त्री जमकट्टेल

मुरारी अधिकारी / धादिङ, चैत २५ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ जिल्ला धादिङको २३ औँ साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले सबै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि पत्रकार कल्याणकारी कोषमा स्थापना गर्न लागेको मुख्य मन्त्री जमकट्टेलले बताउनु भयो ।

श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षा र पत्रकारहरूको क्षमता विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडामा सञ्चारग्राम स्थापना कार्य यस वर्षबाट नै सुरु हुने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घको सबै जिल्लामा शाखामा भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्रीले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ धादिङले २३ औँ साधारण सभामा आफूले स्थापना गरेको पुरस्कार वितरण गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter