तरकारी बिक्री गरेर वार्षिक पन्ध्र लाख आम्दानी

म्याग्दी (बेनी), चैत २६ गते । बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ ।

एक घण्टाजति घरघरमा तरकारी सागसब्जी पु-याएर उहाँ फेरि उकालो लाग्नुहुन्छ । पवित्राको यस्तै दैनिकी विगत ४० वर्षयता निरन्तर छ । झरीबादल, चर्को घाम उहाँका लागि सामान्य छ । तरकारी र सागसब्जी बिक्री गरेर उहाँले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

तरकारी खरिद गर्ने बजारमा उहाँका नियमित ग्राहक छन् । डोको बोकेर पवित्रा होटलदेखि सर्वसाधारणको घरघर पुग्नुहुन्छ । सबै किसिमका तरकारी पवित्राको डोकामा पाइन्छन् । उहाँले चाइनिज तोरी, लसुन, प्याज, पालुङ्गो, रायो, मुला र ताजा तरकारीमा काउली, बन्दा, गोलभेँडा दैनिक बेनी ल्याएर बिक्री गर्नुहुन्छ ।

“पहिला एक मुठाको एक रुपियाँमा पनि साग बिक्री गरेँ, धेरै वर्षपछि दुई रुपियाँ भयो । अहिले २० रुपियाँ र बेमौसममा उत्पादन गरेको साग मुठाको ५० रुपियाँसम्म बिक्री गर्ने गरेको छु,” पवित्राले भन्नुभयो, “एक डोका सागसब्जी बिक्री गर्दा अहिले एक हजार रुपियाँ आउँछ । तरकारी ल्याउँदा तीन हजारसम्म पार्ने गरेकी छु, मलाई आजकल त बजारमा तरकारी आमा बनेर बोलाउने गर्नुहुन्छ ।” दुई/तीन रोपनीमा सागसब्जी र तीन/चार रोपनीमा अन्य तरकारी खेती गर्ने गरेको पवित्राले सुनाउनुभयो ।

उहाँका श्रीमान् चन्द्रबहादुर कार्कीले जिल्लाकै नमुना कृषकको पहिचान बनाउनुभएको छ । पवित्राको परिवारमा श्रीमान्, छोरा र बुहारी छन् । सबै जना तरकारी खेतीमा आबद्ध छन् ।

कार्कीको खेतबारीमा बाह्रै महिना आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल हुन्छन् । तरकारीका साथै गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्की परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter