माग सम्बोधन नभए हरवा–चरवाले थप आन्दोलन गर्ने

लक्ष्मी चौधरी / जनकपुरधाम, चैत २९ गते । राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आवश्यक परे संघीय राजधानीमा गएर सशक्त आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ ।

जनकपुरधाममा बुधबार आयेजित पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । माग पूरा नभए चरणवद्ध पैदल यात्रा गर्दै तीन चरणमा आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।

पहिलो चरणमा पालिकासम्म, दोस्रो चरणमा प्रदेशको राजधानी र तेस्रो चरणमा जनकपुरधामदेखि काठमाडौंसम्म पैदलयात्रा गरी आन्दोलन गर्ने चेतावनी उहाँले दिनुभयो । आगामी दिनमा मञ्चले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने, आगामी नीति तथा कार्यक्रम र बजेटमा हरवा–चरवा सवाल सम्बोधनका लागि सुझाव पेश गर्ने मञ्चले जनाएको छ ।

मधेश प्रदेशको आठ जिल्लाका २४ वटा पालिकामा एकै दिन आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेश गर्ने र स्थानीयस्तरमा समीक्षा तथा सन्देश प्रवाह गर्नेलगायतको कार्यक्रम गर्ने अध्यक्ष मण्डलले बताउनुभयो ।

“मुक्त हरवा–चरवाको न्यायिक पुनःस्थपना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मूल नाराका साथ मधेश प्रदेशका विभिन्न पालिकाका हरवा–चरवाहरु मंगलबार राजधानी जनकपुरधाम आइपुगेका थिए । चैत २५ गतेदेखि २८ गतेसम्म पुनःस्थापनाका लागि हरवा–चरवा अधिकार यात्राको अन्तिम दिन मधेशको राजधानी जनकपुरधाममा आएर समापन भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाललाई गत साउन २ गते हरवा–चरवा मुक्त घोषणा गर्दै ऋण मिनाहा गरेको थियो । मुक्त घोषणाको नौ महिना पुग्दा पनि सरकारले पुनःस्थापनाको काम सुरु नगरेर आफूहरुको विचल्ली गराएको भनाइ हरवा–चरवा अगुवाहरुको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter