पार्टी साधारण सदस्य नरहने गरी श्रेष्ठलाई रास्वपाको कारबाही; पार्टीलाई हराउन अडियो सार्वजनिक : सांसद् श्रेष्ठ

काठमाडौं, चैत २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।

बुधबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सभापति लामिछानेले श्रेष्ठलाई कारबाही गर्दै उहाँको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सांसद सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभएको हो।

सभापति लामिछानेले पार्टीको अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेर सांसद पदमा कंशाकारको नाम सिफारिस गरिएको बताउनुभएको हो।

यसअघि बुधबार नै नेता ढाकाकुमार श्रेष्ठले भने केही महिना अगाडिको अडियो सार्वजनिक गरेर पार्टीमाथि प्रहार भएको बताउनुभएको थियो। सांसद् श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उहाँमाथि अनुसन्धान थालेको थियो।

पार्टीलाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो : सांसद् श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा उहाँले जनवरी-फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गर्नुभयो। उहाँले आफू यसविरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘उपननिर्वाचन र र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ। त्यसप्रति म क्षमापार्थी छु। यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ। म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो। न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट (सपाइ पत्र) लिएर म तपाईहरुसँग आउनेछु। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु। यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा। जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ।’’

उहाँले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबीसमेत गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter