सरकारी विद्यालयमा बालबालिका पढाउन निर्देशन

प्रेमराज सिम्खडा / कालीकोट, बैशाख २ गते । कालीकोटको महावै गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराउने सूचना जारी गरेको छ । चैत ३० गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी निकायमा कार्यरत सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशनसहितको सूचना जारी गरेको हो ।

गाउँ शिक्षा समितिले गत फागुन २३ गते गरेको निर्णयअनुसार आगामी शैक्षिकसत्रदेखि सबैले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन गाउँपालिकाले सूचना जारी गरेको छ । शिक्षा अधिकृत मदनबहादुर शाहीद्वारा सूचनामा शैक्षिकसत्र २०८० देखि अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक स्वयम् आफै आफ्नो शैक्षिक ज्ञानप्रति विश्वास नमानेर आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने र उनीहरूले विद्यालयमा खासै चासो नदिने भएकाले पालिकाले यस्तो निर्णय गर्न बाध्य भएको बताउनुभयो ।

सरकारी तलब भत्ता खानेले सरकारी शैक्षिक क्षेत्रको विश्वास गर्नुपर्ने अध्यक्ष सिंहको जिकिर छ । गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले निर्णय कार्यान्वयन गराउन पालिकाले अठोट लिएको सुनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter