एकीकृत घुम्ती शिविरबाट तीन हजार बढीलाई सेवा

रमेश विश्वकर्मा / गुल्मी, बैशाख २ गते । गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट तीन हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । सो शिविरबाट तीन हजार ४७६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो ।

गाउँपालिकाको आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअनुसार घरदैलोमा नै जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यक्रम बमोजिम गत चैत १९ देखि २४ गतेसम्म यहाँका ६ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो ।

अध्यक्ष खड्काले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरू जनताले वडा–वडामा घर नजिकै प्राप्त गर्न सक्नुहुनेछ भन्दै यो शिविर सञ्चालन गरिएको बताउनुभयो । ज्येष्ठ नागरिक, एकल पुरुषलगायतका सामाजिक सुरक्षासम्बन्धी कार्यहरू अझ बढाउन, विकेन्द्रिकृत र नागरिक मैत्री बनाउन पनि यो शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

छ दिनसम्म सञ्चालन भएको सो शिविरमा २८ वटा योजना सम्झौता, ३० वटा योजनाको भुक्तानी, १५० कृषकको माटो परीक्षणका लागि नमूना सङ्कलन तथा परामर्श सेवा गरिएको छ । ३२६ रेबिजविरुद्धको खोप, ८६२ कृषकका पशुपन्छी औषधि वितरण तथा परामर्श, तीन नयाँ व्यवसाय दर्ता, ३४ व्यवसायहरूको नवीकरण र एक व्यवसाय नामसारी गरिएको छ ।

यस्तै, २९१ जना ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई परिचयपत्र विवरण, ४८ जना एकल पुरुषलाई परिचयपत्र वितरण, १६२ जना छनौट भएका बेरोजगारलाई परिचयपत्र वितरण, ९१६ जना ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, ११६ जनाको क्षयरोग खोजपडतालका लागि खकारको नमुना सङ्कलन र ५०९ जनाको मधुमेह परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter