प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरीक्षण

राममणि दाहाल / हेटौँडा, वैशाख ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन–निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री दाहालसहित उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्यालासहितको टोलीले मङ्गलबार मकवानपुरको विभिन्न स्थानमा निर्माणाधीन द्रुतमार्गको निरीक्षण गर्नुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट द्रुतमार्ग निरीक्षणका लागि आउनुभएका प्रधानमन्त्री र मन्त्रीहरूसहितको टोलीले भीमफेदी गाउँपालिका –८ स्थित महादेवटार र मकवानपुरगढी –१ मा निर्माण भइरहेको सुरुङ तथा बकैया गाउँपालिका –५ स्थित पावस नजिकै बकैया खोलामा निर्माण भइरहेको पुलको निरीक्षण गर्नुभएको छ ।

अवलोकनका क्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरूको टोली बकैया गाउँपालिका –५ स्थित पावसमा बकैया खोलामा निर्माणाधीन पुलको निरीक्षणका क्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, द्रुतमार्गको प्याकेज ३ का प्रोजेक्ट म्यानेजर देवेन्द्र ढुङ्गानाले सडक र पुलको निर्माण अवस्थाबारेमा जानकारी दिनुभयो । तराई–मधेशलाई मकवानपुर हुँदै काठमाडौँसँग जोड्ने उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

निरीक्षणमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल, प्रदेशका मन्त्रीहरू, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणालगायत सरकारी र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter