खाद्यान्न मौज्दात न्यून हुँदा बिक्री गर्न समस्या

राजन रावत / हुम्ला, बैशाख ९ गते । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको गोदाममा खाद्यान्न मौज्दात एकदम न्यून हुँदा बिक्री गर्न समस्य भएको छ । हवाई तथा पैदल मार्गबाट चालुु आर्थिक वर्षका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका नीजि एयरलाईन्स र पैदल मार्गबाट ढुवानीको जिम्मा पाएको सप्लायर्सले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो ।

हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नबिन आचार्यले हाल गोदाममा खाद्यान्न मौज्दात न्यून रहेका कारण बिक्री गर्न समस्या भएको बताउनुुभयो । नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी भएर आउनुुपर्ने चार हजार क्विन्टल खाद्यान्नमध्ये हालसम्म तीन हजार ५७९ दशमलव ८० क्विन्टल मात्र ढुवानी भएको छ ।

सुर्खेतबाट छ हजार क्विन्टलमा पाँच हजार १४३ दशमलव चालीस क्विन्टल ढुवानी भएको छ । आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा नेपालगञ्जबाट ४२० दशमलव बीस क्वीन्टल र सुुर्खेतबाट ८५६ दशमलव साठी क्वीन्टल खाद्यान्न ढुवानी हुन बाँकी छ । उहाँले नीजि एयरलाईन्सले समयमै खाद्यान्न ढुवानीको काम नगर्दा जिल्लामा समस्या भएको बताउनुुभयो ।

त्यसैगरी शाखाकै लागि पैदल मार्गबाट राजापुरबाट एक हजार क्विन्टलमा हालसम्म ५०१ क्विन्टल सुर्खेतबाट एक हजार क्विन्टलमा ५०७ दशमलव ६० क्विन्टल, नेपालगञ्जबाट एक हजार क्विन्टलमा ३६० दशमलव साठी क्विन्टल र धनगढीबाट एक हजार क्विन्टलमध्ये ३५२ क्विन्टल खाद्यान्न मात्र ढुवानी भएको छ ।

पैदल मार्गबाट चार हजार क्विन्टल खाद्यन्नमध्ये चैत महिनासम्म एक हजार ६२१ दशमलव दुुई क्विन्टल मात्र ढुवानी भएको छ । अझै पैदलमार्गबाट दुुई हजार २७८ दशमलव ८० क्विन्टल ढुवानी हुन बाँकी रहेको छ । ढुवानी गर्न बाँकी रहेको खाद्यान्न ढुवानीका लागि शाखाले पत्र काटेर ताकेता समेत गर्दा पनि ढुवानी हुन नसकेको बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter