घर सार्न र उचाइ बढाउन मिल्ने प्रविधि भित्रियो

गोविन्द शर्मा / बाँके, जेठ २८ गते । नेपालगञ्जमा वर्षाको समयमा सयौँ घरहरू जलमग्न हुनेगरेका छन् । सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्सातको समयमा पानी पसेर दुःख दिनेगरेको छ । पहिले निर्माण गरिएका घरभन्दा पछि निर्माण भएका सडकको उचाइ बढी हुनेभएकोले घरभित्र पानी पस्ने समस्या यथावत् रहेको स्थानीयको भनाइ छ ।

पछिल्लो समय घरको उचाइ बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने प्रविधि नेपालगञ्जमा भित्रिएको छ । भारतमा दुई दशकदेखि घर सार्ने र उचाइ बढाउन प्रयोग हुने ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’ मार्फत काम गर्दै आउनुभएका बाँकेको जानकी –३ मानपुरका भोलासिंह राठौरले गत पुसदेखि यो विधिमार्फत काम गर्दै आउनुभएको छ ।

हाल नेपालगञ्जको न्यूरोडनजिकै लोकबहादुर सुनारको घरको काम अन्तिम चरणमा छ । घरको उचाइ बढाएर अन्तिम चरणको काम भइरहेको राठौरले जानकारी दिनुभयो ।

नेपाल सरकारका उपसचिव रहनुभएका सुनारले प्रत्येक वर्ष डुबान हुने समस्याबाट दिक्क भएर यो विधिबाट घरको उचाइ बढाउन लाग्नुभएको छ । घरको करिब चार फिट उचाइ बढाउने काम अन्तिम चरणमा छ । नेपालगञ्ज–गुलरिया सडक खण्डस्थित मानपुरमा सडक छेउमा परेका आफन्तका दुई वटा घर सारेपछि राठौरले हाल नेपालगञ्जमा यो काम गरिरहनुभएको छ ।

यसरी घर उठाउँदा ठूलाखाले मेसिनको प्रयोग गरिएको छैन । गाडी बिग्रिएपछि टायर झिकेर अडेस लगाउने फलामे विमहरु प्रयोग गरेर घरलाई सुरक्षा प्रदान गरिन्छ । घर सार्दा कुनै पनि क्षति हुँदैन । तर केही खर्चिलो भने छ । एक तल्ले घरको प्रतिस्क्वायर फिट ५०० रुपियाँ, दुई तल्ले घरको प्रतिस्क्वायर फिट ७५० र तीन तल्ले घरको प्रतिस्क्वायर फिट एक हजार रुपियाँ शुल्क तोकिएको उहाँको भनाइ छ ।

राठौरले घर भत्काउनुभन्दा यसरी काम गर्नु कम खर्चिलो हुने दाबी गर्नुहुन्छ । पछिल्लो समय धेरैतिरबाट यो विधिको बारेमा सोधी खोजी भइरहेको उहाँले बताउनुभयो । भारतमा लामो समय काम गरेका राठौर नेपालगञ्ज केन्द्रित भएर अहिले काम गर्न खोजेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter