कानुनमन्त्री गुरुङ र ईयू राजदूत नोनाबीच भेटवार्ता

काठमाडौं, जेठ ३० गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र युरोपियन युनियन (ईयू) प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेट भएको छ। मंगलबार मन्त्री गुरुङसँग भेट गर्न नोना सिंहदरबार पुग्नुभएको हो।

भेटवार्तामा मन्त्री गुरुङले नेपाल र ईयू बीच सन् १९७५ मा स्थापित सम्बन्ध कायम रहेको र त्यसलाई प्रगाढ रहेको धारणा व्यक्त गर्नुभएको छ। कानुन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्र गौतमका अनुसार भेटमा मन्त्री गुरुङले नेपालको विकासका विभिन्न क्षेत्रमा ईयूले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ।

राजदूत नोनाले नेपालको विकास साझेदार हुन पाउँदा खुशी लागेको बताउनुभएको छ। संक्रमणकालीन न्यायमा पहुँच, शिक्षा सम्बन्धी ऐनलगायत विषयमा उहाँले चासो राख्नुभएको छ।

उहाँले नेपालको समग्र आर्थिक, सामाजिक, न्यायिक विकास एवम् सुशासनको क्षेत्रमा सदैव सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter