अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम लागु गरिने

भक्तिविलास पोखरेल / गाईघाट, जेठ ३०गते । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि उदयपुर लगायत उच्च पहाडी क्षेत्रमा अवस्थित थप चार जिल्लाका ३४ वटा स्थानीय तहहरूमा अपाङ्गता रोकथाम तथा पुन : स्थापना कार्यक्रम लागु गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि कोशी प्रदेशका विभिन्न सात वटा जिल्लाका ७८ वटा स्थानीय तहहरूको नेतृत्वमा सो कार्यक्रम सञ्चालन गर्दा अपाङ्गता भएका व्यक्तिहरूमा “हामी आफैँ गर्न सक्षम छौँ” भन्ने मान्यतामा आधारित प्राप्त उपलब्धि र सिकाइका आधारमा अत्यन्तै प्रभावकारी र उपलब्धिमूलक भएको पाइएकोले सोही उपलब्धि र सिकाइका आधारमा थप स्थानीय तहहरूमा यो कार्यक्रम विस्तार गर्न लागिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरू र महिला तथा बालबालिकाहरूलाई केन्द्रबिन्दुमा राखेर गरिने समावेशी विकासको मोडलमा आधारित रहेर करुणा फाउण्डेसन नेपालको साझेदारीमा सञ्चालित सो परियोजना आर्थिक वर्ष २०८०।०८१ देखि सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग र उदयपुर जिल्लाका गरी थप ३४ वटा स्थानीय तहहरूमा लागु गर्न लागिएको मन्त्रालयका निमित्त सचिव फडिन्द्र खत्रीले बताउनुभयो ।

उदयपुरका आठ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख लगायत सम्बन्धित सरोकारवालाहरूका लागि कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले मङ्गलवार गाईघाटमा आयोजना गरेको एकदिवसीय अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका निमित्त सचिव खत्रीले जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवम् अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम अगाडि ल्याइएको बताउनुभयो ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनको संयुक्त लगानीमा गरिने यो कार्यक्रम अपाङ्ग र बालबालिकामैत्री भएकोले कार्यान्वयन पक्षमा उदयपुरलाई नमुना बनाएर देखाउने प्रतिबद्धता जनाउँदै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेत, उदयपुगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर र चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिमादेवि दुलालले कार्यक्रम लक्ष र उद्देश्य अनुरूपको बजेट विनियोजन गर्न उदयपुरका आठ वटै पालिकाहरू पछि नहट्ने बताउनुभयो ।

सो कार्यक्रममा करुणा फाउडेसन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटाले २०७६।०७७ बाट सञ्चालन गर्न सुरु गरिएको यो कार्यक्रमबाट पूर्वी नेपालका ३० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्ति र तीनका परिवार तथा ३० हजारभन्दा बढी गर्भवती महिला र नवजात शिशुहरू यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित भइरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक सापकोटाले कार्यक्रम लागु भएदेखि हालसम्म करुण फाउडेशनको करिब ३७ करोड ४३ लाख र प्रदेश तथा स्थानीय सरकारको ७४ करोड ८६ लाखभन्दा बढी नै रकम खर्च भइसकेको र आगामी वर्षदेखि अझै ठुलो भोलुममा लगानी बढेर जाने निश्चित भएको छ बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter