कञ्चनजङ्घा पर्यटकीय पदमार्ग मर्मत हुँदै

चन्द्र पन्दाक / ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा जाने पदमार्ग धमाधम मर्मत भइरहेको छ । कञ्चनजङ्घाको उत्तर र दक्षिणी आधार शिविर जाने पर्यटकीय पदमार्ग मर्मत गर्न थालिएको हो ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा हुँदै कञ्चनजङ्घा आधार शिविर जाने पदमार्ग मर्मतको काम अहिले तीव्ररुपमा भइरहेको छ । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य एवम् सामाजिक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार छुट्टाछुट्टै दुई अर्थात् उत्तर र दक्षिणतर्फ आधार शिविर जाने पदमार्ग मर्मत गर्न लागिएको हो ।

कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालू आर्थिक वर्षका लागि विनियोजित बजेटले पदमार्ग मर्मतको काम हुँदैआएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार स्थानीय उपभोक्ता समितिमार्फत घुन्साका स्थानीयले पदमार्ग मर्मतको काम गरिरहेका छन् ।

कञ्चनजङ्घाको उत्तरतर्फ आधार शिविर जाने घुन्सा हुँदै सेलेले पास पदमार्गका लागि २० लाख रुपियाँ र दक्षिणतर्फ खम्बाचेन–लोनाक हुँदै आधार शिविर जाने पदमार्गका लागि २५ लाख रुपियाँ बजेट रहेको उहाँले जानकारी दिनुभयो । दुई वटै योजनाअन्तर्गत पदमार्ग मर्मतको काम उपभोक्ता समितिमार्फत गरिँदैआएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter