याङ्ग्री र लार्केको काम तदारुकताका साथ अघि बढाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सपना थामी / सिन्धुपाल्चोक, असार २ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना अन्तर्गत याङ्ग्री र लार्केको दोस्रो फेजको काम तदारूपका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ। मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि शनिबार सिन्धुपाल्चोक पुगेर उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मेलम्ची बहुचर्चित धेरै छलफल हुँदै आएको राष्ट्रिय गौरवको आयोजना हो। यस आयोजनालाई समयमै सम्पन्न गर्ने र काठमाडौंबासीलाई खानेपानी र यस वरपरका जनतालाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो आयोजना सुरु गरिएको हो। काठमाडौंका जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्ने धेरै संवेदनशील कुरा हो। जसरी यस क्षेत्रका मान्छेले काठमाडौंका मान्छेलाई सहयोग गरेका छन्, ती जनताको आवाज पनि सुन्नुपर्ने आवश्यकता हो।’’

विगतमा बाढीले परियोजनामा कल्पना नै नगरिएको क्षति भएको उहाँको भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘गत कालमा यहाँ आएको बाढी कसैले पनि प्रक्षेपण गरिएको कुरा होइन। यत्रो बाढी आउला भनेर आयोजना निर्माण गर्ने समयमा इन्जिनियर वा त्यो कसैले पनि परिकल्पना गर्ने विषय होइन। जे भए पनि दुई वर्ष पहिले असार १ गते गरेको निर्णयले काम भएछ। समयमै पानी बन्द नगरिएको भए ट्रनेल गेगर भरिएर सम्पूर्ण परियोजना नै असफल हुनसक्ने खतरा थियो।’’

याङ्ग्री र लार्केको दोस्रो फेजलाई तदारुकताका साथ काम गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘याङ्ग्री र लार्केको दोस्रो फेजलाई तदारुकताका साथ काम गर्नुपर्ने हुन्छ। राज्यको, सरकारको तर्फबाट त्यसलाई अगाडि बढाउने काममा उच्च प्राथमिकता दिनुपर्छ। पहिरो जाला कि भन्ने डर भएको हुनाले अर्को विकल्पको पनि तयारी गर्नुपर्ने देखियो।’’

प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारले केन्द्रले यहाँको जनताको पिर, मर्कामा जति क्षतिपूर्ति हुनुपर्ने हो। त्यो केन्द्रीय सरकारबाट हुन नसकेको विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। यो विषयलाई आफूले गम्भीर रूपमा लिएको उहाँको भनाइ छ। निकै जटिल र अप्ठ्यारो परिस्थितिमा पनि काठमाडौंमा पानी पुर्‍याउने जमर्को गरेकोमा इन्जिनियर र प्राविधिकलाई धन्यवाद ज्ञापन गर्नुभयो।

आयोजनाको प्रत्यक्ष अवलोकन पश्चात् मेलम्ची परियोजना बाहेक आकस्मिक कामका लागि छुट्टै रकम छुटाउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभएको छ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘खानेपानीको काम सम्पन्न भइहाल्यो भनेर अचानक विकास समिति खारेज गर्ने, काम पुरा नगर्ने, यहाँ अचानक काम गर्नुपर्‍यो भने, अर्को दुर्घटना हुन लाग्यो भने तुरुन्तै केही गर्नुपर्ने होला। यसको लागि पनि केही न केही रकम सरकारले अलग्गै छुटाउनुपर्छ। परियोजनाबाहेक पनि यसो गर्नुपर्छ भन्ने मेरो ध्यान गएको छ। मेरो प्रत्यक्ष अवलोकनबाट यो परियोजना पुरा गर्नुका साथै आकस्मिक हुन आउने घटनालाई रोकथाम गर्ने कुरा पनि मेरो तर्फबाट हुनेछ। स्थानीय जनताका लागि हुनसक्ने काम पनि हुन्छ।’’

आयोजनाको अनुगमनमा प्रधानमन्त्री प्रचण्डसँगै खानेपानी मन्त्री महेन्द्रराय यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलगायतको उपस्थिति थियो । मेलम्ची पुगेर गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र सपना थामीले तयार पार्नुभएको भिडियो सामग्री :

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter