समयभन्दा पहिले सकिँदै पुल निर्माणको काम

गोविन्द शर्मा / बाँके, असार ७ गते । बाँकेमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माणाधीन अधिकांश पुलको निर्माण कार्य सुस्त रहेको अवस्थामा दुई वटा पुल निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुनेभएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयका अनुसार कोहलपुरस्थित रोहिणी खोला पुल र कम्दी–कचनापुर जोड्ने गौरीखोला पुलको निर्माण कार्य निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुने अवस्थामा पुगेको छ । गौरी खोला पुल नारायणम निर्माण सेवाले पाँच करोड ७ लाख २ हजारमा २०८० मङ्सिर २२ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

यसैगरी रोहिणी नाला पुल २०८० मङ्सिर २३ गते सम्पन्न गर्ने गरी मल्ल–नारायणम जेभीले सात करोड १० लाख २३ हजार रुपियाँमा सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ललितबहादुर न्यौपानेले जानकारी दिनुभयो । पुलको स्ल्यापको काम सम्पन्न भइसकेका कारण असार मसान्तभित्र दुवै पुलको निर्माण काम पूरा हुने अवस्था देखिएको सडक पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

प्रमुख न्यौपानेले भन्नुभयो, ‘अधिकांश पुलहरूको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न नभएपछि निर्माण कम्पनीलाई सूचना जारी गरी बोलाउनु परे पनि रोहिणी खोला र गौरी खोला पुलको काम भने निर्धारित समयभन्दा अघि नै सम्पन्न हुनेछ ।’

सडक पूर्वाधार विकास कार्यालय अन्तर्गत किरण नालाको चल्तुवा, सिर्जना टोल, पुलचोक, लगायतका स्थानमा पुल निर्माणमा ढिलाइ भएको कार्यालयले जनाएको छ । रोहिणी र गौरी खोलाभन्दा पहिले सम्झौता भएका पुलहरू समेत निर्माण सम्पन्न भएका छैनन् । रोहिणी र गौरी खोलासँगै सुरु भएका पुलहरूको निर्माण कार्य समेत सुस्त छ ।

निर्माण कम्पनीले बढीभन्दा बढी ठेक्का लिने तर आफूसँग पर्याप्त उपकरण र स्रोत साधन नभएका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको प्राविधिक कर्मचारीले बताएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter