पशुपतिमा सुनको जलहरी परीक्षण र तौलने कार्य सुरु

काठमाडौं, असार १० गते । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा चढाएको सुनको जलहरीको परीक्षण तथा नापतौल सुरु गरिएको छ ।

पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यसको अनुसन्धान गर्न थालेको हो ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरीको परीक्षण तथा नापतौल गरिन लागेको जानकारी दिनुभयो ।

शिवलिङ्गबाट जलहरी निकालेर तौलिन र परीक्षणका लागि रद्र गाडेश्वरमा ल्याइएको छ । हालिएका जलहरी पनि त्यहाँ नै बनाइएको थियो ।

अख्तियारले अनुसन्धान गर्ने भएपछि कोषले शनिबार पशुपतिनाथमा क्षमा पूजा पनि गरेको थियो । सिसी टिभी जडान गर्नलाई क्षमा पूजा गरिएको जानकारी सुरक्षाकर्मीले दिए पनि आज जलहरीको परीक्षण र नापतौल सुरु भएको छ ।

जलहरी परीक्षण गर्न लागेकाले पशुपितमा भक्तजनलाई दर्शन गर्न पनि बन्द गरिएको छ

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter