संशोधनविना बजेट पारित हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौं, असार ११ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

यो बजेट बजेट असार १३ गते पारित हुने उहाँको भनाइ छ । आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताउनुभयो ।

बजेटमा समानता भएन भन्ने सांसदको भनाइ उहाँहरूले मागेअनुसारको बजेट नभएर गुनासो आएको उहाँको भनाइ छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने तर संशोधन नहुने उहाँले प्रष्ट पार्नुभयो ।

“आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर बजेट ल्याइएको छ, अहिले आएको बजेट कार्यान्वयनका लागि पनि धेरै मेहनत गर्नुपर्छ” अर्थमन्त्री डा. महतले भन्नुभयो, “ आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति आएको छ, थोरै साधन स्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु ।”

मन्त्री महतले बजेट ल्याउनुपूर्व धेरै छलफल गरेर बजेट ल्याइएको भन्दै विधिभित्र रहेर पास हुने बताउनुभयो । बजेटबारे संसद् बैठकमा सांसदहरूको अनेक प्रतिक्रिया आए पनि सो अनुसार बजेट संशोधन गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter