‘फलफूल फल्छ, झर्छ तर खाने कोही छैन’

कबिराज घिमिरे / हिले, असार १७ गते । धनकुटा नगरपालिका –४ छारा गाउँका घनश्याम बरालले तत्कालिन कुरुले गाबिसमा रहेको घर छाड्नुभएको ७ बर्ष पुग्यो । घर वरिपरि केही बोट आँप, लिची, अनारलगायतका फलफुल छन् । फलफुल फल्छ पाक्छ र झर्छ । खाइदिने कोही छैन ।

२०७३ सालमा कुरुले छाडेर आए यता कुरुले उहाँका लागि बिरानो बनेको छ । “जागीर पछिको जीवन उतै बस्ने योजना थियो तर सकिएन” उहाँले भन्नुभयो, “करिब एकसय २० रोपनी जमिन छ, तर सबै बाँझै छ ।”

उहाँहरुकोजस्तै अरु केहीको अवस्था पनि त्यस्तै छ । गाउँमा कोही नबस्दा धेरैको घरको रङ्गरोगन उडेको छ । माकुराको जालोले झ्यालढोका ढाकेको छ । धनकुटाको कर्णाली भनेर चिनिने कुरुलेमा बसाइसराइका कारण बस्ती नै रित्तिएको छ ।

घर वरिपरि अनि बस्तीमा अहिले लटरम्म फलफूल फलेका छ । गाउँका धेरै स्थानमा यस्तो समस्या रहेको चौबिसे गाउँपालिका –४, कुरुलेका सुरेन्द्र तामाङले भन्नुभयो । दुई दशकको अबधीमा कुरुलेवाट धेरै बसाइ सरेर गएपछि अहिले धेरैको घर मात्र बाँकी छ । घरको हेरचाह गर्ने पनि कोही नभएको उहाँको भनाइ छ ।

कुरुलेमा २०४५ सालको भुकम्पपछि पानीको मुहान सुक्न थालेपछि बसाइ सर्नेक्रम सुरु भएको थियो । द्वन्द्वताका कुरुलेमा बसाइसराइ अत्यधिक भयो । अहिले पनि सोक्रम रोकिएको छैन । अधिकांश क्षेत्र झाडिमा परिणत हुँदैगएको छ । घरहरु भत्कन थालेको उहाँले बताउनुभयो ।

धनकुटाको कुरुले तेनुपा मात्र नभई बजारक्षेत्रबाहेक धनकुटाका अधिकांश ग्रामीण क्षेत्रबाट बसाइसराइक्रम उस्तै छ । कुरुले पछि साविकको तेलिया, ताङ्खुवा, चुमाङ्ग, चानुवालगायतको क्षेत्रमा बसाइसराइ बढी मात्रामा भएका छन् । यी स्थान अहिले बिरुप बनेका छन् ।

जागिरको सिलसिलामा पहिले नै बसाइसरेको, पछि परिवारका अन्य सदस्य बस्न नसकेर बसाइ हिडेको धनकुटा नगरपालिका –४ का उपेन्द्र खनालले बताउनुभयो । यो सिजनमा त अझ फलफलको कारणले धेरै सम्झना आउने उहाँको भनाइ छ ।

“राम्रो व्यवस्था भएमा गाउँमा आउजाउ गर्न सकिन्थ्यो, खानेपानीलगायत अन्य सुबिधा भएमा जागीरपछिको जीवन उतै कटाउन सकिन्थ्यो” खनालले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter