जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, असार १७ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ। मन्त्रालयले आइतबार सूचना निकाल्दै जङ्गली च्याउ विषालु हुनसक्ने भएकाले नछुन र नखान आग्रह गरेको छ।
जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुनसक्ने खतरा भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो। जङ्गली च्याउमा हुने विष पकाउँदासमेत कम नहुने भन्दै मन्त्रालयले नखान अनुरोध गरेको हो। वर्षायाममा जङ्गली च्याउ जताततै उम्रिने गर्छ।