एसईई नतिजामा सुधार

विष्णु पाण्डेय / काठमाडौं, असार २१ गते। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई-२०७९ को नतिजा बिहीबार प्रकाशित गरेको छ।

प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयका अध्यक्ष महाश्रम शर्माका अनुसार गत आर्थिक वर्षमा तल्लो जिपिए ल्याउने संख्या बढी रहेको तर यस वर्ष भने माथिल्लो जिपिए ल्याउने संख्या बढी रहेको छ।

उहाँले भन्नुभयो,“गत वर्षको तुलनामा यस वर्षको एसईईको नतिजा सुधारिएको महसुस गरेका छौँ। गत वर्ष तल्लो जिपिए ल्याउनेको संख्या बढी थियो। यो वर्ष माथिल्लो जिपिए ल्याउनेको संख्या बढी रहेको छ।”

अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत प्रश्नपत्र बनाएका कारण पनि नतिजा सुध्रिएको उहाँ बताउनुहुन्छ। गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउने नौ हजार ६३३ विद्यार्थी थिए। यो कुल विद्यार्थीको १.९४ प्रतिशत थियो। अहिले यो जिपिए ल्याउने संख्या २२ हजार ४७५ छ। यो कुल संख्याको ४.६३ प्रतिशत हो।

गतवर्ष ३.२ देखि ३.६ जिपिए ल्याउने ४१ हजार ६२७ विद्यार्थी थिए। जुन कुल विद्यार्थी संख्याको ८.४ प्रतिशत हो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या ५५ हजार ६९ रहेको छ। यो कुल विद्यार्थी संख्याको ११.३६ प्रतिशत हो।

यस्तै २.८ देखि ३.२ जिपिए ल्याउनेको संख्या ६९ हजार ९०० थियो। यो कुल विद्यार्थी संख्याको १४.१० प्रतिशत थियो। यस वर्ष यो जिपिए ल्याउने ७२ हजार ३६२ छ। यो कुल विद्यार्थी संख्याको १४.९२ प्रतिशत हो।

गतवर्ष २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ९० हजार ७५८ थियो। जुन कुल विद्यार्थी संख्याको १८.३१ प्रतिशत थियो। यो वर्ष यही जिपिए ल्याउनेको संख्या ८९ हजार ३३१ छ। जुन कुल विद्यार्थी संख्याको १८.४२ प्रतिशत हो।

गतवर्ष २ देखि २.४ जिपिए ल्याउनेको संख्या एक लाख १२ हजार ७३३ थियो। यो कुल विद्यार्थी संख्याको २२.७४ प्रतिशत हो। यो वर्ष यो जिपिए ल्याउने ल्याउनेको संख्या एक लाख दुई हजार २९३ रहेको छ। यो कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत हो।

गतवर्ष १.६ देखि २ जिपिए ल्याउनेको संख्या एक लाख ५९४ थियो। जुन कुल विद्यार्थी संख्याको २०.३ प्रतिशत हो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या ८८ हजार ४४७ रहेको छ। यो कुल विद्यार्थी संख्याको १८.२४ प्रतिशत हो।

गतवर्ष १.२ देखि १.६ जिपिए ल्याउनेको संख्या ४४ हजार ५८६ थियो । जुन कुल विद्यार्थी संख्याको ९ प्रतिशत हो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या ३८ हजार ७७० छ। जुन कुल विद्यार्थीको ७.९९ प्रतिशत हो।

गतवर्ष ०.८ देखि १.२ जिपिए ल्याउनेको संख्या तीन हजार २८० थियो। जुन कुल विद्यार्थी संख्याको ०.६६ प्रतिशत थियो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या दुई हजार २०० छ। यो कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो।

यस वर्ष कुल चार लाख ८४ हजार ९३९ विद्यार्थीले एसईईको परीक्षा दिएका थिए। जसमध्ये १३ हजार ९९२ विद्यार्थी आंशिक परीक्षा दिएका वा उपस्थित नै नभएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो।

शर्मा गत वर्षको तुलनामा यस वर्षको नतिजा सुध्रिनुमा कोभिडको संक्रमण कम हुनु पनि कारण रहेको मान्नुहुन्छ। उहाँले भन्नुभयो, “गतवर्ष कोभिडको त्रास थियो। अस्थामा सामान्य नहुँदा विद्यार्थीको मानसिकता पनि पूर्ण रुपमा सामान्य अवस्थामा थिएन। तर, यस वर्ष भने अवस्था सामान्य भएको छ। पढाइ पनि सुधारिएको छ।” यस वर्षमा प्रश्नपत्रको निर्माण विद्यार्थीको स्तरअनुसारको भएका कारण उत्तर लेख्न विद्यार्थीलाई सहज भएको उहाँले बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter