विद्यार्थीलाई परम्परागत धिमाल महिलाको गहना प्रदान

विष्णुप्रसाद पोखरेल / दमक, असार २२ गते । झापाको दमक नगरपालिकाले नगरको प्रथम नागरिकको रुपमा मान्यता दिएको धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोषाक वितरण गरेको छ । स्थानीय धिमाल महिलाको समुहलाई लक्षितगरी लोप हुँदैगएका परम्परागत चाँदीका गरगहना विद्यार्थीलाई प्रदान गरेको हो ।

नगरपालिकाको जाम्बुझार ग्रामथानमा नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले उनीहरुलाई सो सामग्री हस्तान्तरण गर्नुभयो । कक्षा ८ सम्म अध्ययन गर्ने स्थानीय २५ जना बिद्यार्थीलाई दूई जोरका दरले पोशाक, स्कुल ब्याग, एक जोर जुत्ता र किताव, कापीसेट उपलब्ध गराइएको नगर उपप्रमुख भट्टराईले बताउनुभयो ।

नगरपालिकाले गठन गरेको प्रथम नागरिक धिमाल ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालका अनुसार नगरपालिकाले समितिको मातहतमा रहनेगरी धिमालका परम्परागत गरगहना उपलब्ध गराएको छ । धिमाल महिलाले लगाउने चाँदीको चन्द्रहार, विसमाला, गोसमाला, टाकाहारी र कल्ली दुई सेटका दरले उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

हराउँदै गएका परम्परागत गरगहना बनाउन ४ लाख रुपियाँ खर्च भएको दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख केशब प्रसाइँले बताउनुभयो । धिमाल समुदायका नयाँ पुस्ताले आफ्नो मौलिक गरगहना बिर्सदै जाने भएकाले त्यसलाई जिवन्त राख्न समितिलाई गरगहना उपलब्ध गराइएको समेत उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter