काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

ललितपुर, असार २६ गते । सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ । सोमबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यका घरै–घरको मात्रै सहर भएको बताउनुभयो । उहाँले राज्यको स्पष्ट सहरको स्वरूप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको जिकिर गर्नुभयो ।

मन्त्री गुरुङले काठमाडौं उपत्यकामा ठुलो सहर नभएको, गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी, साना–साना पार्क र फुटपाथ केही पनि नभएर धेरै घरहरू भएको सहरका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले यसरी बनेका घरहरू राज्यले सहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको जिकिर गर्नुभयो । उहाँले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘‘राज्यले नीतिगत रूपमा सहरको स्वरूप यस्तो हुनुपर्छ भनेर कार्यान्वयन गर्न नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको अवस्था छ । ठुलो सहर पनि छैन । गाडी पार्किङ गर्ने ठाउँ पनि छैन । खानेपानी, साना–साना पार्क र फुटपाथकेही पनि छैन । धेरै घरहरू भएको सहर भएको छ । सहरलाई कसरी व्यवस्थित बनाउने भनेर सबै भत्काउन सकिने अवस्था छैन् । तर पनि व्यवस्थित बनाउने दृष्टिकोणका साथ सरकारले अहिले काठमाडौं उपत्यकाको मास्टर पलान (गुरु योजना) बनाएर अगाडि बढाउने हिसाबले काम गरिरहेका छौँ ।’’

मन्त्री गुरुङले काठमाडौं उपत्यकाबाट बग्ने बागमती नदी र त्यसका सहायक नदीहरूको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्त्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्नेगरी सरकार लागि रहेको औँल्याउनुभयो । उहाँले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने कार्यको थालनी पनि गरेको बताउनुभयो । उहाँले सहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘‘सबै स्थानीय तहहरूले सुझाव दिन अनुरोध गर्छु । यस्तो योजना बनाएर काम गर्दा भइरहेको संरचना र व्यथितलाई रोक्न सकिन्छ । काठमाडौं उपत्यकाबाट बग्ने बागमती नदी र त्यसका सहायक नदिहरुको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्त्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्न सकिन्छ भन्ने विषयमा सरकार लागेको छ । त्यस्तै कसरी स्वच्छ र सफा सहर बनाउने विषयमा काम थालनी गरेका छौँ । त्यो कामलाई पूर्णता दिनको निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन सरकारलाई धेरै गाह्रो भएको छ । यदि सरकारले नदिन किनारको अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन सक्यौँ भने ती कामहरू गर्न सजिलो हुन्छ । यसमा स्थानीय सरकार, जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्छ ।’’

मन्त्री गुरुङले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार, जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै सहरहरूमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको बताउनुभयो । उहाँले काठमाडौं महानगर र सहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घकालीन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने जिकिर गर्नुभयो । उहाँले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरूले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘‘सहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहतमा छ । सहरहरूमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको छ । काठमाडौं महानगर र सहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर हामीले दीर्घकालीन समाधान दिन सक्दैनौँ । स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नु पर्ने अवस्था छ । सरकारले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भन्ने उपाय खोजे पनि अधिकार स्थानीय सरकारको रहेको छ । ललितपुर जिल्ला भित्रका स्थानीय तहहरूले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्छ ।’’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter